काठमाडौं — दाँतलाई सफा र स्वस्थ राख्नका लागि तपाईं ब्रससँगै विभिन्न माउथवासले कुल्ला पनि गर्नुहुन्छ । यसले दाँतमा फसेका फोहोरहरु बाहिर निकाल्ने काम गर्छ । तर तपाईं बजारमा पाइने क्यामिकलयुक्त माउथवासको साटो घरमै प्राकृतिक तरिकाले पनि माउथवास बनाउन सक्नुहुन्छ । जो प्रभावकारी हुनुका साथै हानिकारक पनि हुँदैन ।
ल्वांग
ल्वांगको पानीले मुख कुल्ला गर्नु सबैभन्दा राम्रो तरिका हो । यसले मुखमा भएका सम्पूर्ण समस्याहरुमा काम गर्छ । यसमा सुन्निएको कम गर्ने गुण पनि हुन्छ ।
नीमको पानी
यो तितो भए पनि एकदमै धेरै एन्टीब्याक्टेरियल, एन्टीइन्फ्लामेटरी र एन्टीफंगल गुणले भरपूर हुन्छ । यसलाई माउथवासको रुपमा प्रयोग गरेर तपाईं मुख तथा दाँतका सम्पूर्ण समस्याबाट राहत पाउन सक्नुहुन्छ ।
अदुवा पानी
एक गिलास पानीमा अदुवा पिसेर राख्नुहोस् । यसलाई राम्रोसँग उमाल्नुहोस् । चिसो भएपछि उक्त पानीले मुख कुल्ला गर्नुहोस् । यसले पनि प्राकृतिक माउथवासको रुपमा काम गर्छ ।
बेसार
करक्यूमिन नामक गुणले भरपूर बेसार पानीलाई पनि माउथवास जसरी प्रयोग गर्न सकिन्छ । यसले गिँजालाई स्वस्थ बनाउनुका साथै मुखमा भएका किटाणुहरु पनि नष्ट गर्छ ।
नुन पानी
तपाईं सामान्य नुनपानीले मात्र कुल्ला गर्नुभयो भने पनि मुखको दुर्गन्ध तथा गिँजामा भएको सानोतिनो दुखाई कम गर्न सक्नुहुन्छ । घाँटीमा भएको इन्फेक्शनमा पनि नुनपानीले कुल्ला गर्नु फाइदाजनक हुन्छ । एजेन्सी



















