विराटचोक — मोरङको बिराटनगर महानगरपालिका-१५ बाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

आईतबार दिउँसो लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका पैदल यात्री ईटहरी-५ का ३२ बर्षीय सुरज चौधरी र सुन्दरहरैचा-८ का ३० बर्षीय निशान पुलामी मगरलाई ४ ग्राम ९६ मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो । 

लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।