एजेन्सी । इरानले अमेरिकी गुप्तचर संस्था(सीआइए)मा कार्यरत १७ जना गुप्तचरहरुलाई समातेको छ । इरानी सञ्चार माध्यमहरुले जनाएअनुसार पक्राउ परेका व्यक्तिहरुमध्ये केहिलाई मृत्युदण्डको सजाय दिइने छ ।
स्थानीय समाचार एजेन्सी फार न्युजले बताए अनुसार इरानमा कार्यरत सिआइए जासुसी सञ्जाल(CIA spying ring )लाई इरानको सुरक्षा निकायले ध्वस्त बनाउन सफल हुँदै १७ जना गुप्तचरहरुलाई नियन्त्रणमा लिन सफल भएको छ ।
फार न्युजले गिरफ्तारमा परेका १७ जना अमेरिकी गुप्तचरहरु इरानको संवेदनशील र महत्वपूर्ण क्षेत्रमा जासुसी गरिरहेको उल्लेख गरेको छ । पक्राउ परेकाहरु राष्ट्रियता, पहिचान आर्थिक एवं परमाणु अनियमितता, सैन्य, साइबर तथा निजी क्षेत्रहरुमा जासुसी गरिरहेको खुलाएको छ ।
यस घटनासँगै अमेरिकाले आफ्नो सुरक्षा सतर्कतामा विशेष ध्यान दिन बाध्य भएको छ । विभिन्न मुलुकहरुमा सीआइएमा आवद्ध गुप्तचर (कर्मचारी) समातिने क्रम तीव्र भएसँगै अमेरिकी सुरक्षा संवेदनशीलता खतरामा परेको इरानले जनाएको छ ।




















