सुन्दै अचम्म लाग्ने कुरा तर यथार्थ। चुरोट खाएर फ्याँकेको ठूटाले विरुवाहरुलाई हुर्कन नदिएको एक अध्ययनले पुष्टि गरेको छ।

चुरोटको ठूटो संसारमा सबभन्दा बढी फ्याँकिने वस्तु हो। संसारभरि प्रत्येक वर्ष साढे ४ खर्ब ठूटाहरू फ्याँकिने गरेका छन् र त्यो टुक्रा पर्न एक दशकभन्दा बढी समय लाग्छ। 

एंग्लिया रस्किन विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले चुरोटका ठूटामा भएका प्लास्टिक फिल्टरहरूले घाँस र ल्वाङका बिरुवालाई सामान्य रूपमा बढ्न दिँदैन।

ल्वाङ माहुरीका लागि महत्त्वपूर्ण छ र यसले डीजेलको धूवाँबाट हुने प्रदूषण सोसिदिन्छ। चुरोटको फिल्टर भएको माटोमा एक चौथाइ कम बीउ उम्रिएको पाइयो।

अध्ययनले चुरोटको ठूटो भएको ठाउँमा १० प्रतिशत कम घाँस उम्रिएको पायो। सुक्खाग्रस्त लन र पार्कहरूमा मात्र यस्तो भएको देखिन्छ।