शरीरका कुनै पनि अंगमा कन्टेलिङ क्यापासिटी अर्थात् छाला वा झिल्लीबाट बाहरि निस्कनुलाई हर्निया भएको भनिन्छ।हर्निया शरीरको जुनसुकै अंगमा पनि हुन सक्छ। सामान्यतया अंगमा कमजोरी वा लगातार दबाब भएमा अर्निया हुन्छ।

हर्निया पुरुषमा बढी देखिन्छ। यो जानकारी आजको नयाँ पत्रिका दैनिकमा जनरल सर्जन डा.सागर रिमालले लेखेका छन्।बच्चामा प्रायः अण्डकोष बाहिर निस्कने हुन्छ। जसलाई कन्जिनियल हर्निया भन्छि।

त्यस्तै पेलमुनी हुने इन्गुइनल, पेटको शल्यक्रियापश्चात हुने अम्बिलिकल, नाइटो वा करङको बीचमा हुने एपग्यिास्ट्रिक तथा तिघ्रामा हुने फिमोरल हर्नियाका मुख्य किसिम हुन्।हर्निया हुनुको प्रमुख कारण शल्यक्रिया हो। अंग काटेर टाँका लगाएको ठाउँमा दबाब पर्ने भएकाले अर्नियाको सम्भावना बढी हुन्छ।

त्यस्तै मोटोपन भएका व्यक्तिमा पनि हर्निया हुन्छ। लामो सयमदेखि लगातार खोकी लागिरहेमा पेटमा दबाब परेर हर्निया हुन सक्छ।हर्निया हुन नदिन शल्यक्रियाको समयमा स्वास्थ्य ख्याल गर्नुपर्छ। शरीरको तौल बढ्न दिनु हुँदैन।

मांसपेशी बलियो बनाउन नियमित पौष्टिक खाना खानुपर्छ।खोकी, कब्जियत, मिर्गौला र पिसाबमा समस्या भएमा तुरुन्त उपचार गर्नुपर्छ। जीवनशैलीमा ध्यान दिनुपर्छ।