काठमाडौँ — बाराको कलैयास्थित रामराजा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख हरिभुषण कुशवाहाको मृत्यु भएको छ । अज्ञात समूहको गोली प्रहारबाट घाइते भएका कुशवाहाको मृत्यु भएको हो । उनको उपचारको क्रममा बयोधा अस्पताल, वीरगन्जमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घरतिर जाँदै गरेका कुशवाहालाई मोटरसाइकलमा आएका दुई जनाले आदर्शकोतवाल गाउँपालिका-३ बतरा भन्ने स्थानमा गोली प्रहार गरी भागेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी दधिराम न्यौपानेले बताए।
उनका अनुसार पछाडिबाट प्रहार गरेकाले कुशवाहाको पिठ्यूँमा गोली लागेको थियो। घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई नियन्त्रणमा लिइएको न्यौपानेले बताए। उनीहरूको पहिचान भने प्रहरीले खुलाएको छैन।




















