विराटचोक — मोरङको सुन्दरहरैँचामा १५ वेडको नगर अस्पतालको भवन बन्ने भएको छ । अस्पताल भवनको डिपिआर तयार भइसकेको र त्यसको विषयमा शनिबार नगरपालिकाको कार्यालयमा छफल भएको अस्पताल व्यवस्थापन समिति सदस्य इन्द्र भट्टराईले जानकारी दिए । 

नगरपालिका-१ स्थित हरैँचामा हाल रहेको नगर अस्पतालको पाछिल्लो भागमा भवन निर्माण हुने छ । भवन निर्माणको लागि थप १८ कट्ठा जग्गा समेत खरिद गरिएको सदस्य भट्टराईले बताए ।

448476461_1014382957358681_4783283355909741819_n (1)२२ करोड लागत अनुमानमा बन्न लागेको ५ तले भवनमा संघीय सरकारबाट १८ करोड र बाकीँ रकम नगरपालिकाको लगानी गर्ने नगरपालिका मेयर केदारप्रसाद गुरागाईंले जानकारी दिए । उनले आगामी भदौमा  भवन निर्माणको ठेक्का खोलिने पनि बताए । अस्पतालको भवन संगै  १० करोड लागतमा प्रशासनिक भवन बनाइने नगरपालिका बताएको छ । भवन निर्माण पछि दैनिक १५०० बिरामीहरुलाई एकै जाँच गर्न सकिने क्षमताको रहने छ ।

छलफलमा सुन्दरहरैचा नगरपालिका मेयर केदार प्रसाद गुरागाई, उपमेयर अकली चौधरी, प्रमुख प्रशासकिय अधिकृत बिनोद न्यौपाने, नगर अस्पताल व्यवस्थापन समितिका पदाधिकारीहरु, लेखा अधिकृत, मेडिकल अधिकृत, इन्जिनियर, स्वास्थ्यकर्मी, संचारकर्मी लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो।