मंगलबार बिहान महाराष्ट्रको पालघर जिल्लामा एक २० वर्षीया युवतीलाई उनका प्रेमीले सार्वजनिक रूपमा छुरा प्रहार गरी हत्या गरेका छन् । प्रहरीले दियो जानकारी ।
काठमाडौं — भारत महाराष्ट्रको पालघर जिल्लामा मंगलबार बिहान एक २० वर्षीया युवतीलाई उनका प्रेमीले सार्वजनिक रूपमा छुरा प्रहार गरी हत्या गरेका छन्। प्रहरीले दिएको जानकारी अनुसार वसईको चिंचपाडा क्षेत्रमा बिहान ८.३० बजे भएको हो ।
यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । पीडित आरती यादव आफ्ना प्रेमी रोहित यादवसँग काम गर्न जाँदै गर्दा बाटोमा झगडा भएको एक अधिकारीले बताए ।
रोहितले संगिन रूपमा आरतीलाई धारिलो हतियारले धेरै पटक प्रहार गरेका थिए । त्यसपछि उनी भुइँमा लडेपछि पनि उनीमाथि हमला गरिरहे, अधिकारीले भने। प्रहरी अधिकारीले आक्रमणपछि आरोपी घटनास्थलबाट नभागी शव नजिकैको सिँढीमा बसिरहेको बताए ।
घटनास्थलमा पुगेको वालिव प्रहरीको टोलीले शवलाई पोष्टमार्टमका लागि पठाएको प्रहरीले जनाएको छ । सामाजिक सञ्जालमा भाइरल भएको उक्त हमलाको भिडियोमा आरोपीले महिलालाई धारिलो हतियारले प्रहार गरेको देख्न सकिन्छ । घटना भइरहेको बेला नजिकमा रहेका प्रत्यक्षदर्सीले आरतीलाई बचाउन पनि आएनन टुलुटुलु हेरिरहेका थिए ।




















