काठमाडौँ — अछाममा छाउगोठमा बसेकी एक किशोरी बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । मंगललवार बेहोस अवस्थामा भेटिएकी १६ वर्षीया किशोरीमाथि बलात्कार भएको खुलेको प्रहरीले जनाएको छ ।
छाउगोठमा बेहोस अवस्थामा भेटेपछि उनलाई उद्धार गरेर अस्पताल लगिएको प्रहरीले जनाएको छ । उपचारपछि किशोरीले आफूमाथि जबरजस्तीकरणी भएको बताएकी थिइन् ।
उनको बयानका आधारमा जबरजस्तीकरणी गरेको आरोपमा १७ वर्षीय किशोरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका किशोर किशोरीका नातेदार नै हुन् । उनीहरू एउटै विद्यालयमा अध्ययन गर्छन् ।




















