विराटचोक — मोरङको सुन्दरहरैँचा नगरपालिका स्थित खोर्सानेमा स्त्री रोग सम्बन्धी एक दिवसीय निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । बुधबार प्रकृति महिला कल्याण बचत तथा ऋण सहकारी संस्थाको स्वास्थ्य उप समितिको आयोजना र नोवेल टिचिङ हस्पिटलको प्राविधिक सहयोगमा स्वास्थ्य शिविर सम्पन्न भएको हो ।
उक्त शिविरमा १ सय ६५ भन्दा बढी महिलाहरुले स्वास्थ्य सेवा लिएको संस्थाको स्वास्थ्य उपसमितिकी संयोजक सिता दाहाल बुढाथोकीले जानकारी दिईन । शिविरमा महिलाहरु हुने बाझोपन,पाठेघर संक्रमण लगायत सम्पूर्ण स्त्री रोग सम्बन्धी स्वस्थ परिक्षण तथा परामर्श दिइएको संयोजक बुढाथोकीले बताइन ।
भिडियो एक्सरे सेवा सहित भएको उक्त स्वास्थ शिविरमा नोवेल टिचिङ हस्पिटलका स्त्री तथा प्रसुती रोग विशेषयज्ञ ड़ा.प्रतिभा काफले,डा.ऋचा शाह,रेडियोलोजी विभागका प्रमुख डा.समिन खतिवडा लगायतका प्राविधिकहरुले स्वस्थ सेवा प्रदान गरेका थिए । औपचारीक कार्यक्रम सहित भएको शिविरको सुन्दरहरैँचा नगरपालिकाका मेयर केदारप्रसाद गुरागाईंले व्यानर पढेर उदघाटन गरेका थिए ।
कार्यक्रममा विशिष्ट अतिथि नगरपालिकाकी पूर्व उपमेयर धनादेवी तामाङ,नगर कार्यपालिका सदस्य वविता खापुङ्ग,संस्थाकी अध्यक्ष इन्दिरा भट्टराई, समाजसेवी देवेन्द्र मास्के,युवराज दाहाल लगायतले स्वास्थ्य जनचेतना सम्वन्धि आफ्नो धारणा राखेका थिए । कार्यक्रममा समाजसेवी हेमराज सुवेदी, नगरपालिकाकी कार्यपालिका सदस्य रुजा घिमिरे लगायतको पनि उपस्थिति रहेको थियो ।
संस्थाको स्वास्थ्य उप समितिकी संयोजक सिता दाहाल बुढाथोकीको अध्यक्षतामा सम्पन्न भएको शिविरमा संस्थाको तर्फबाट स्वास्थ्य उपसमिति सदस्य इन्दिरा कट्टेल र नोवेल टिचिङ हस्पिटलका मार्केटिङ प्रमुख नविन दाहाले स्वागत मन्तव्य गरेका थिए भने कार्यक्रमलाई संस्थाकी सदस्य गोमा खडका कोरेङ्गिनले संचालन गरेकी थिइन ।



















