विराटचोक — नेपाल राष्ट्रिय शिक्षक संगठन सुन्दरहरैँचा नगर समितिको अध्यक्षमा श्यामबाबु काफ्ले सर्वसम्मत चयन भएका छन्  ।

शनिबार  जनता मा.वि बुधबारेको हलमा सम्पन्न तेस्रो नगर अधिवेशनले काफ्लेको अध्यक्षतामा२७ सदस्यीय नगर समिति सर्वसम्मत चयन गरिएको निर्वाचन समितिकी सदस्य धर्मकुमारी कालाखेतीले जानकारी दिइन्  ।

समितिको महिला उपाध्यक्षमा लक्ष्मी खड्का आचार्य उपाध्यक्षमा राजेन्द्र गिरी, सचिवमा टंक ओझा,सह-सचिवमा सुष्मा दाहाल, कोषाध्यक्षमा दिलकुमार श्रेष्ठ , सह-कोषाध्यक्षमा यशोदा धमाल रहेका छन् ।

त्यसैगरी सदस्यहरुमा गोपालचन्द्र घिमिरे, मुकुन्दप्रसाद घिमिरे,कृष्णप्रसाद निरौला,दलमर्दन तिवारी,विदुरप्रसाद अधिकारी,लक्ष्मीप्रसाद पोख्रेल,बाबुराजा खड्का  रहेका छन् ।

बाकीँ रहेको सदस्य पदमा पहिलो बैठकबाट मनोनित गरिने नव गठित समितिको अध्यक्ष श्यामबाबु काफ्लेले जानकारी दिए ।

नयाँ कार्यसमितिलाई नेपाल राष्ट्रिय शिक्षक संगठन कोशी प्रदेश इञ्चार्ज धर्मानन्द खरेलले सपथ ग्रहण गराएका थिए । 

448976947_25762709843376859_1467160848275892694_nको उद्घाटन सत्रमामा संगठन कोशी प्रदेश इञ्चार्ज धर्मानन्द खरेलको प्रमुख आतिथ्यता र सुकुना बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख पीतकुमार श्रेष्ठ विशिष्ट आतिथ्यता रहेको थियो।  त्यसैगरी संगठन कोशी प्रदेश सदस्यहरु कविता शर्मा ओझा,छवि धमला,मोरङका उपाध्यक्ष बलराम पोख्रेल सुन्दरहरैँचा नगर शिक्षा शाखा प्रमुख लिलादेवी ओझा लगायतको आतिथ्यता रहेको थियो । 

दुर्गाप्रसाद चम्लागाईको अध्यक्षतामा भएको अधिवेशनको उदघाटन सत्रमा  श्यामबाबु काफ्लेले स्वागत मन्तव्य गरेका थिए भने राजेन्द्र गिरीले कार्यक्रम संचालन गरेका थिए ।

May be an image of 17 people and textMay be an image of 7 people, people smiling, people studying and templeMay be an image of 6 people, people smiling and templeMay be an image of 13 people and text