बुधबारसम्म मुलुकभर ९.८ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको कृषि विभागले जनाएको छ । सातै प्रदेशमा असार लाग्नासाथ रोपाइँ सुरु भएको तर वर्षात् ढिला हुँदा धेरै क्षेत्रफलमा रोपाइँ हुन नसकेको विभागले जानकारी दिएको छ। आगामी शनिबार २१औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव आगामी शनिबार २१औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव गर्नेबारे जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा विभागका ९.८ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको कृषि विभागले जनाएको छ |
सातै प्रदेशमा असार लाग्नासाथ रोपाइँ सुरु भएको तर वर्षात् ढिला हुँदा धेरै क्षेत्रफलमा रोपाइँ हुन नसकेको विभागले जानकारी दिएको छ।आगामी शनिबार २१औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव आगामी शनिबार २१औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव गर्नेबारे जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा विभागका महानिर्देशक डा. नरहरिप्रसाद घिमिरेले यो वर्ष उत्पादनमा सुधार हुने अपेक्षा राखेको बताए।
बुधबारसम्म सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा २५ प्रतिशत क्षेत्रफलमा रोपाइँ भइसकेको विभागले जनाएको छ । सुदूरपश्चिममा तुलनात्मक रूपमा धानखेतीका लागि कम क्षेत्रफल (एक लाख ७४ हजार पाँच सय ७६ हेक्टर) रहेको छ।
त्यस्तै, कर्णालीमा २३.९ प्रतिशत र बागमतीमा १८.३ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ । धान उत्पादन धेरै हुने मधेशमा २.९ प्रतिशत, कोशीमा ५.६ प्रतिशत, गण्डकीमा ८.३ प्रतिशत र लुम्बिनीमा ८.८ प्रतिशत रोपाइँ भएको विभागको तथ्यांक छ। सिँचाइ पूर्वाधार अभावमा किसानले रोपाइँका लागि आकासे पानी कुरिरहेको विभागले जनाएको छ।
शनिबार चितवनको बछौलीमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा धान रोपाइँ कार्यक्रम राखिएको विभागले जानकारी दिएको छ । यो वर्ष देशभर १३ लाख ९८ हजार ८३६ हेक्टरमा धान रोपाइँ हुने विभागको अनुमान छ।



















