• करण चौहान 

विराटचोक —मोरङको सुन्दरहरैँचा–१२  स्थित सुकुना बहुमुखी क्याम्पसमा खुला प्रतियोगितात्मक कविता गोष्ठी सम्पन्न भएको छ । शुक्रबार क्याम्पसको अतिरिक्त क्रियाकलाप समितिको आयोजनामा विद्यार्थीहरू बीच उक्त प्रतियोगितात्मक  सम्पन्न भएको हो । 

कार्यक्रममा क्याम्पसमा अध्ययनरत १९ जना प्रतियोगीहरूले कविता वाचन गरेको  क्याम्पसका अधिकृत नवराज कोइरालाले दिए । प्रतियोगीतामा बिएड प्रथम वर्षका टिकाराम कार्की, बिबिएस तेस्रो वर्षका प्रकाश न्यौपाने,  बिबिएस तेस्रो वर्षका सत्तिस कार्की र बिबिए सातौँ सेमेस्टरका देवराज पौडेलले क्रमशः प्रथम, द्वितीय, तृतिय र सान्त्वना पुरस्कार प्राप्त गरेको सहायक क्याम्पस प्रमुख गणेशप्रसाद दाहालले जानकारी दिए ।

Untitled-2 (2) 14 कार्यक्रममा सबै प्रतियोगीहरूको उपप्राध्यापक दीपक गौतम र शिक्षणसहायक बालकृष्ण गौतमले मूल्याङ्कन गरेका थिए । कार्यक्रमको प्रमुख अतिथि क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले विद्यार्थीहरूका रचनात्मक तथा सिर्जनात्मक कार्यलाई क्याम्पसले उचित सम्मान र अवसर दिने कुरामा जोड दिँदै विजयी विद्यार्थीहरूलाई पुरस्कार वितरण गरेका थिए ।

अतिरिक्त क्रियाकलाप समितिका संयोजक सहप्राध्यापक विदुर सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा संयोजक सुवेदीले कार्यक्रमको औचित्य बताउँदै स्वागत गरेका थिए भने अतिरिक्त समितिका सदस्य उपप्राध्यापक खगेन्द्रराज दाहालले कार्यक्रमको सञ्चालन गरेका थिए ।

Untitled-2 (3) 12