विराटचोक— सामाजिक क्षेत्रमा उत्कृष्ट कामहरु गर्दै आएको आप्रवासी महिला कामदारहरुको संस्था आमकास नेपाल मोरङले आत्महत्या रोकथाम तथा जनचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको छ ।
संस्थाले बुधबार सुन्दरहरैँचा नगरपालिका-८ स्थित शिक्षा निकेतन माविमा ११ र १२ मा अध्ययनरत छात्र/छात्राहरु बीच उक्त कार्यक्रम सम्पन्न गरेको हो ।
आत्महत्या रोकथाम र यस सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको संस्थाकी अध्यक्ष उमादेवी सेढाईले जानकारी दिइन । विश्व आत्महत्या रोकथाम दिवस सेप्टेम्बर १० मा पर्ने भए पनि प्राबिधिक कारणले एकदिन पछि गरिएको अध्यक्ष सेढाईले बताइन ।
कार्यक्रममा दुख के हो, खुसी के हो,आत्महत्या भनेको के हो, मानिस किन आत्महत्या गर्छन, कहाँ कसले गर्छन,नेपालमा आत्महत्या एक जटिल समस्या, आत्महत्याका मुख्य कारणहरु,आत्महत्याका पारिवारिक र सामाजिकपक्षहरु,आत्महत्या रोकथाममा ध्यान दिनु पर्ने कुराहरुरु समुदाय स्तरमा विभिन्न ओैपचारिक/ अनौपचारिक संस्थाका जिम्मेवारीहरु विषयमा सिकाई भएको अध्यक्ष सेढाईले बताइन ।
उक्त कार्यक्रमको सहजकर्ता सुन्दरहरैँचाकी सामाजिक मनोविमर्श कर्ता सुशिला सुवेदी पाठकले गरेकी थिइन् ।
कार्यक्रममा शिक्षा निकेतन माविका सहप्रधानाध्यापक गणेशप्रसाद पोख्रेल,रिटर्नी फेडेरेशनका सुन्दरहरैँचा नगर अध्यक्ष तुलसीजंग कार्की आमकास नेपालकी सदस्य भागिरथा चुडाल र आजीवन सदस्य निर्मला निरौलाको उपस्थिति रहेको थियो । संस्थाकी अध्यक्ष उमादेवी सेडाईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमलाई सचिव ईन्दिरा प्रसाईले संचालन गरेकी थिइन् ।






















