विराटचोक — मोरङको सुन्दरहरैँचा-१२ स्थित सुकुना बहुमुखी क्याम्पसमा शिक्षक तथा कर्मचारीको बैठक सम्पन्न भएको छ । विश्वविद्यालय अनुदान आयोग नेपालबाट क्याम्पसले संस्थागत दोस्रो चरणको गुणस्तर सुनिश्चितता प्रत्यायन (क्युएए) प्राप्त गरेको जानकारी गराउन सोमबार क्याम्पसको सभाहलमा बैठक सम्पन्न गरिएको  हो । 

 क्याम्पसले (क्युएए) प्राप्त गरेको उपलक्ष्यमा बधाई आदान प्रदान गर्ने र सरोकारवाला सबैलाई धन्यवाद दिने उद्देश्यक साथ बैठक गरिएको परीक्षा फाँटका प्रमुख सूर्यप्रसाद अधिकारीले जानकारी दिए। 

Untitled 16बैठकलाई पब्लिक क्याम्पस कर्मचारी सङ्घका एकाइ समितिका अध्यक्ष देवराज गिरीले संबोधन गर्दै दोस्रो चरणको क्युएए प्राप्तिका लागि खट्नुहुने सबै शिक्षक तथा कर्मचारीहरूलाई बधाई दिँदै क्याम्पसको सफलतामा खुशी व्यक्त गरेका थिए । त्यसैगरी पब्लिक क्याम्पस प्राध्यापक सङ्घ एकाइ समितिका अध्यक्ष जनार्दन गुरागाईँले बैठकलाई संबोधन गर्दै क्याम्पस प्रशासन, क्युएए कमिटी, अहोरात्र खट्नुहुने शिक्षक तथा कर्मचारीहरूलाई धन्यवाद ज्ञापन गर्दै तेस्रो चरणको क्युएएसम्मा क्याम्पसले गुणात्मक फड्को मार्न आजैबाट सबैले काम गर्नुपर्नेमा जोड दिएका थिए । 

यो पनि पढ्नुहोस—सुकुनामा "मनदीप राई स्मृति छात्रवृत्ति अक्षय काेष" काे स्थापना

त्यसैगरी निवर्तमान क्याम्पस प्रमुख चन्द्रमणि राईले बैठकलाई संबोधन गर्दै  कुनै रहर गर्दैमा संस्थागत क्युएए नपाइने, टिम मिलाएर निरन्तर खटिरहनु पर्ने, कल्चरका रुपमा अविचल भएर खट्नु पर्ने र यस कार्यमा सबैले साथ सहयोग गरेमा कुनै पनि संस्थाले क्युएए पाउने भएकाले क्याम्पस सफलता प्राप्त गरेकोमा प्रशन्नता प्रकट गर्दै बधाई तथा शुभकामना दिएका थिए । 

कार्यक्रममा स्वमूल्याङ्क समिति (SAT) का प्रमुख नरप्रसाद भण्डारीले सबैलाई स्वागत गर्दै बैठकको औचित्य र पहिलो तथा दोस्रो चरणको क्युएएको यात्रा तथा सो यात्राका कठिनाइ एवम् चेस्रो चरणका चुनौतिहरू प्रस्तुत गरेका थिए ।

क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले बैठकको अध्यक्षता गर्दै दोस्रो चरणको क्युएए प्राप्तिका लागि खट्ने र सहयोगी भूमिका निर्वाह गर्ने सञ्चालक समिति, लेखा समिति, पुनरावेदन समिति, अभिभावक, विभिन्न सरोकारवाला सङ्घ/संस्थाहरू, शिक्षक, कर्मचारी र विद्यार्थीहरूलाई धन्यवाद दिए । उनले  क्याम्पसका भावि कार्यक्रमहरू प्रस्तुत गरेका थिए ।

उक्त बैठकको सञ्चालन सहायक क्याम्पस प्रमुख गणेशप्रसाद दहालले गरेका थिए ।

Untitled (1) 14