काठमाडौं/लोकसेवा आयोगले स्थानीय तहका लागि बुधबार नौ हजार कर्मचारी पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ ।
स्थानीय तहमा रिक्त रहेका पदहरू पदपूर्ति गर्न प्राविधिक र अप्राविधिक दुबैतर्फ गरी कुल नौ हजार एक सय ६१ जनाका लागि आवेदन माग गरेको छ ।
लोक सेवा आयोगले चौथो, पाँचौ र छैठौं तहका लागि प्राविधिक तथा अप्राविधिकतर्फ विज्ञापन खुलाएको छ । प्रकाशित सूचनामा प्रत्येक गाउँपालिका, नगरपालिका छुट्टछ्ट्टै रुपमा पदपूर्ति हुने गरी सूचना निकालेको छ ।
असार ३ गतेसम्म र दोब्बर दस्तुर तिरेर साउन १० गतेसम्म अनलाइनमार्फत आवेदन दिन सक्नेछन् ।
दरखास्त दस्तुरका लागि तह ६ का लागि खुला १००० रुपियाँ र समावेशी थप ४०० रुपियाँ, तह ५ का लागि खुला ४०० र समावेशी २००, तह ४ का लागि खुलाका लागि ३०० समावेशीका लागि १५० तोकिएको छ ।
आयोगका अनुसार तह ४ र ५ का लागि १८ वर्ष पूरा भइ ३५ वर्ष ननाघेको र तह ६ का लागि २१ वर्ष पूरा भइ ३५ वर्ष ननाघेको हुनुपर्नेछ । महिला तथा अपांगको हकमा ४० वर्ष नकटेकाले आवेदन दिन सक्नेछन् ।




















