• दुर्गाप्रसाद खरेल 

विराटचोक मोरङको सुन्दरहरैँचा स्थित  विराटचाेकमामा सामूहिक तथा खुल्ला चित्रकला कार्यशाला सम्पन्न भएकाे छ। 'सहयाेगी मनहरू' संस्थाले गत सोमबार आयाेजना गरेको कार्यक्रममा निजी तथा सामुदायिक विद्यालयहरूका  विद्यार्थीले भाग लिएका थिए। 

विद्यार्थीमा लुकेकाे कला सार्वजनिक रूपमा उजागर गरि कला तथा कलाकारकाे महत्त्व उजागर गर्न याे कार्यक्रम आयाेजना गरिएकाे कार्यक्रमका संयाेजक चित्रकार भीम अधिकारीले जानकारी दिए । उक्त कार्यशालामा ८८ जना विद्यार्थीहरूले चित्रकला प्रस्तुत गरेको अधिकारीले बताए ।

विराटचाेककाे दक्षिण पट्टिकाे वाकिङ स्ट्रीटमा विद्यार्थीहरूलाई आवश्यक कुर्सी, टेबुल, क्यानभास उपलब्ध गराई चित्रकला अङ्कन गराइएकाे थियाे । कार्यक्रममा ससाना विद्यार्थीहरूले मनमाेहक चित्र बनाएर प्रदर्शन गरि कार्यक्रमलाई ओजपूर्ण र आकर्षक तुल्याएका थिए। कार्यक्रममा वरिष्ट चित्रशिल्पी शिव छाङ्छा राईकाे आकर्षक चित्रले उपस्थित सबैलाई माेहित बनाएकाे थियाे। 

कार्यक्रममा सुन्दरहरैँचा नगरपालिकाका  पूर्वमेयर शिवप्रसाद ढकाल, १२ न. वडाका वडाध्यक्ष रोशनप्रसाद ढकाल,९ न. वडाका वडाध्यक्ष प्रकाश श्रेष्ठ,समाजसेवी नवराज चापागाईँ,विद्यालयका प्रतिनिधि, स्थानीय संघ-संस्थाका प्रतिनिधि, स्थानीय समाजसेवी तथा अवलाेकनकर्ताहरूकाे निकै बाक्लाे उपस्थिति रहेकाे थियाे ।

चित्रकार भीम अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमकाे सञ्चालन आयाेजक संस्थाका सदस्य यमन कार्कीले गरेका थिए।