विराटचोक—मोरङको सुन्दरहरैँचामा भेटिएको सिलिन्डर बम नेपाली सेनाले सुरक्षित रूपमा निष्क्रिय पारेको छ।
घटनास्थलमा सूचना प्राप्त भएलगत्तै परिचालित सेनाको बम डिष्पोजल टोलीले खोजतलास गर्दा मालती पुल नजिकै सडकमा गाडिएको अवस्थामा ४ वटा सिलिन्डर बम फेला परेकाे थियो । तीमध्ये दुई सिलिन्डरमा विस्फोटक उपकरण रहेको पुष्टि भएपछि सेनाको टोलीले ती उपकरणलाई सुरक्षित रूपमा निष्क्रिय पारेको हो।
राजमार्ग बिस्तारको क्रममा उत्खनन गर्दा पड्किन सक्ने जोखिम रहेको भन्दै सूचना आएपछि नेपाली सेना र प्रहरीको टोलीले खोजी सुरु गरेको थियो ।
बमकाे सूचना आएपछि प्रहरीले आज बिहान ८ बजेदेखि यातायातका साधनलाई राेकेर सर्च गरेकाे थियाे ।




















