काठमाडौँ– सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको दायरामा आउन सबै श्रमिकहरुलाई पुनःआह्वान गरेको छ ।
उनले सरकारको सो अभियानमा साथ दिनपनि सम्बन्धित सबै पक्षलाई आग्रह गरे ।
सरकारी तथ्याङ्क अनुसार हाल ६५ हजार ५ सय ६७ जना मात्रै सामाजिक सुरक्षा योजनामा सूचिकृत भएका छन । बुधबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले श्रमिकलाई न्यूनतम वेतन समेत नदिने कुनै पनि संस्थामाथि सरकारले कारवाही गर्ने चेतावनी पनि दिए ।
मन्त्री विष्टले सबै सरकारी तथा निजी क्षेत्रमा काम गरिरहेका शिक्षकहरुलाई न्यूनतम पारिश्रमिकको व्यवस्था गर्न पनि सबै विद्यालयहरुलाई सचेत गराए ।
मन्त्री विष्टले निजी क्षेत्रमा काम गरिरहेका शिक्षकहरुको पनि सामाजिक सुरक्षा योजना अन्तरगत पेन्सनको व्यवस्था गर्ने आश्वासन पनि दिए ।



















