काठमाडौं—आइतबार दिउँसो शिक्षक आन्दोलनको क्रममा घाइते भएकी पत्रकार सबिना कार्कीको हाल तिलगंगा आँखा अस्पतालमा उपचार भइरहेको छ। उपचारमा संलग्न चिकित्सकका अनुसार, चोटका कारण दुवै आँखाको लेन्स सुन्निएको छ। आँखाभित्र रगत जमेकाले देख्ने क्षमतामा कमी आएको छ।


आँखामा रगत पनि जमेको छ । आँखाभित्र पनि रगत जमेकोले गर्दा भिजन कम (देख्ने क्षमता) कम रहेको छ । चोटले गर्दा आँखामा प्रेसर पनि बढेको डा. सिभान्त श्रेष्ठले जानकारी दीइन ।
भिडियो एक्सरेबाट हेर्दा पर्दा च्यातिएको जस्तो देखिएको छैन । तर, कहिलेकाहीँ रगत जमिदिने, बीचको हेर्न भाग सुन्निने जस्ता भागहरु राम्ररी नदेखिने हुन्छ । जसले गर्दा आँखाको नानी वरिपरिका भागहरु पनि प्रष्टसँग नदेखिएको उनले बताइन्।

सीटी स्क्यानबाट थप हेरिने उनले बताइन् । ‘उहाँलाई नर्मल नै भन्न त मिल्दैन किनकी आँखाको भिजन एकदमै कम छ । अब हेर्दै जानुपर्छ । पछाडि पर्दामा पनि धेरै चोट लागेको रहेछ भने धेरै समय लाग्न सक्छ,’ डा. श्रेष्ठले भनिन् ।