सुन्दरहरैंचा, मोरङ — सुन्दरहरैंचामा सक्रिय वरिष्ठ सञ्चारकर्मी मणिराम दाहाललाई सम्मान गरिएको छ। मोरङको सुन्दरहरैंचा नगरपालिका–१२ स्थित सुविजीमुर मेमोरियल माध्यमिक विद्यालयको ३१औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा विद्यालयले उनलाई सम्मानित गरेको हो।

दाहाल विगत लामो समयदेखि सुन्दरहरैंचालाई आफ्नो कार्यक्षेत्र बनाई सञ्चार क्षेत्रमा निरन्तर सक्रिय छन्। हाल उनी बेतना दैनिक, उद्घोष दैनिक, रासस लगायत आधा दर्जनभन्दा बढी सञ्चार माध्यममा आवद्ध छन्।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक गोविन्द कार्कीले दाहाललाई दोसल्ला ओढाई, नगद १० हजार रुपैयाँ सम्मानपत्र प्रदान गरी सम्मानित गरेका थिए।

स्थानीय सूचना प्रवाह, जनचेतना अभिवृद्धि समुदायको आवाज उठाउने कार्यमा दाहालको योगदान उल्लेखनीय रहेको विद्यालय प्रशासनले जनाएको छ।