झापा — झापाको भद्रपुर नगरपालिका–३ मा पौडी खेल्ने क्रममा डुबेर एक बालकको ज्यान गएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा भद्रपुर–२ महारानीचोकका अर्जुन लिम्बूका १३ वर्षीय छोरा अर्पण लिम्बू रहेका छन्।
आज दिउँसो करिब ३ बजे देउनिया खोला र मेची खोलाको दोभानमा साथीहरूसँग पौडी खेल्न गएका लिम्बू अचानक डुबेर बेपत्ता भएका थिए।
स्थानीय प्रहरी चौकी किच्चकबधको टोली र स्थानीयवासीको सहयोगमा खोजतलास गर्दा करिब ४:२५ बजे उनको शव फेला परेको हो।
घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी अधिकृतको टोली घटनास्थलतर्फ गएको प्रहरी प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए।



















