काठमाडौं — अध्यागमन विभागले बडादसैँको सार्वजनिक बिदाको अवधिमा दसैँ टिकाको दिनबाहेक अन्य दिनमा सेवा सञ्चालन गर्ने भएको छ।
विभागका अनुसार, दसैँको मुख्य दिन बाहेक अन्य सबै दिन बिहान ११ बजेबाट दिउँसो १ बजेसम्म पर्यटक भिसा शाखा र एजेन्सी शाखा खुला रहने छन्।
अध्यागमन अधिकृत शिवकुमार अधिकारीले जारी गरेको सूचनामा भनिएको छ, “सार्वजनिक बिदाको समयमा पनि आवागमनमा समस्या नहोस् भनेर सेवाहरू सञ्चालन गरिनेछ।”



















