पाँचथर—तमोर कोरिडोरअन्तर्गत पाँचथरको कुम्मायक गाउँपालिका–३ कात्तिकेमा जिप दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ भने अन्य छ जना गम्भीर घाइते भएका छन्।

ताप्लेजुङबाट धरानतर्फ गइरहेको मे १ ज ३०५५ नम्बरको जिप शनिबार दिउँसो दुर्घटनाग्रस्त हुँदा घटनास्थलमै छ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक रुपेश तामाङले जानकारी दिए।

दुर्घटनामा घाइते भएका सबैलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ। उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको थियो।

दुर्घटनाको कारण भने अहिलेसम्म खुल्न सकेको छैन।