काठमाडौं—रुकुमपश्चिमको मुसिकोट नगरपालिका–१३ डाँडाछिवाङकी एक युवती मृत अवस्थामा फेला परेकी छन् । असोज २० गतेदेखि बेपत्ता रहेकी २५ वर्षीया गंगा सार्की बिहीबार बिहान गाउँ नजिकैको जंगलमा झुन्डिएको अवस्थामा भेटिएकी हुन् ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी हरिप्रसाद पुनका अनुसार बिहान जंगल गएका स्थानीयले दुर्गन्ध आएपछि खोजी गर्ने क्रममा रूखमा झुन्डिएको शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए ।
‘शव सडेको अवस्थामा फेला परेको छ,‘ प्रहरी निरीक्षक पुनले भने , ‘बेपत्ता भएको दिनकै राति वा भोलिपल्ट नै घटना भएको देखिन्छ ।’
शवको मुचुल्का उठाइसकेको र शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल, सल्ले पुर्याएको उनले बताए ।
घटनाबारे थप अनुसन्धान प्रक्रिया प्रहरीले अघि बढाएको छ ।



















