काठमाडौं—मालपानीको नजर धनुषाको सदरमुकामस्थित जनकपुर चुरोट कारखाना लिमिटेडमा पनि छ भनिन्छ । ३० बिघा जमिनमा फैलिएको कारखाना हत्याउन मालपानीले प्रयास जारी राखेका छन् । हाल कारखानाको जमिनमा मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायत अन्य मन्त्रालय बसिरहेको छ । बालेनले सत्तामा पुगेपछि सो कारखाना दिन्छु भनेर गाडी ल्याएको दावी गरिएको छ ।

‘प्रधानमन्त्री बनेपछि त्यो कारखाना दिन्छु भनेका छन् । करोडको माल दिएर अर्बौंको सम्पत्ति हडपिने मालपानीको दाउ हो’, स्रोतले भन्यो । बालेनले मालपानीको हितमा काम पनि गर्न थालिसकेका छन् । बालेन काठमाडौं महानगरपालिकाको मेयर बनेपछि सुर्तीजन्य पदार्थमाथि कडा एक्सन लिएका थिए । २०८० मंसिर १२ गते महानगरको स्वास्थ्य विभागले सूचना जारी गर्दै सुर्तीजन्य पदार्थको बिक्रीवितरणमा रोक लगाएको थियो । 

त्यसैगरी, सार्वजनिक स्थानमा ध्रुमपान गर्न निषेध गरिएको थियो । बीचैमा बालेनले सुर्तीजन्य पदार्थ र ध्रुमपानमाथिको प्रतिबन्ध फुकुवा गर्ने प्रक्रिया अगाडि बढाएको बुझिएको छ । स्रोत भन्छ, ‘सुर्तीजन्य पदार्थको उत्पादन मालपानीको कम्पनीले गर्छ । बालेनले मेयरबाट राजीनामा दिने बेला आफैंले लगाएको प्रतिबन्ध फुकुवाको प्रक्रिया अगाडि बढाएका थिए ।’ महानगरको स्वास्थ्य विभागका प्रमुख दिपककुमार केसीले सुर्तीजन्य पदार्थमाथिको प्रतिबन्ध फुकुवाबारे आफूलाई जानकारी नभएको बताए ।

उनले भने, ‘प्रशासन विभागले गरेको होला । स्वास्थ्य विभागबाट त्यस्तो कुनै निर्णय भएको छैन ।’ प्रशासन विभाग प्रमुखसमेत रहेका महानगरका सहायक प्रवक्ता ध्रुवकुमार काफ्लेले सुर्तीजन्य पदार्थ फुकुवा नभएको जानकारी दिए । अहिले पनि पसलबाट जफत र कारबाही गर्ने क्रम जारी रहेको उनको भनाइ छ । जनआस्था बाट