काठमाडौं । बस र ट्रक ठोक्किँदा तीन जनाको ज्यान गएको छ भने अन्य २३ जना घाइते भएका छन् । देवचुली नगरपालिकामा मा डरलाग्दो दुर्घटना भएको हो ।

दुर्घटनामा नवलपरासी पूर्व गैँडाकोट नगरपालिका १४ की ६५ वर्षीया कुमारी सुनारी, गैँडाकोट नगरपालिका १८ की ७० वर्षीया जमुना मापछनको र नाम ठेगाना नुखुलेकी अन्दाजी ३५ वर्षीय महिलाको मृत्यु भएको हो ।

त्यस्तै घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिनुभयो ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत देवचुली नगरपालिका २ हमाल चोकमा ना ४ ख ५२९५ नम्बरको बस र ना २ ख ४८९० नम्बरको ट्रक एक आपसमा ठोक्किएको थियो ।

दुर्घटनामा परेका दुई जनाको उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा ज्यान गएको हो । दुर्घटनामा परेर घाइते भएका एक जनाको पुरानो मेडिकल कलेज, १३ जनाको मनकामना अस्पताल चितवन, ८ जनाको नयाँ मेडिकल कलेज भरतपुर र एक जनाको प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौलीमा उपचार भैरहेको छ ।