निकाय स्थानीय तह र जिल्ला समन्वय समितिले अनुगमन नै गरेको पाइँदैन। मुख्य जिम्मेवार रहेका स्थानीय तह र जिल्ला समन्वय समितिबाट अनुगमन नै नहुनाले पनि अवैध उत्खनन बढेको देखिन्छ।
सोही विषयमा शङ्खरापुर नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठले वासिङलगायतका व्यवसायीले सार्वजनिक जग्गा अतिक्रमण गर्न खोजे पनि नगरपालिकाले रोक्ने गरेको बताए। प्रमुखले रोक्ने गरेको बताए पनि स्थलगत अवलोकनबाट सार्वजनिक जग्गा अतिक्रमण भइरहेकोे प्रष्ट देखिन्छ।
यसरी सार्वजनिक जग्गा अतिक्रमण गरेर भइरहेको उत्खनन रोक्न स्थानीय र केन्द्र सरकारले जोड नदिने हो भने शङ्खरापुर नगरपालिकाको खुलालटार, इन्द्रायणी, घुमारीचोकलगायतका क्षेत्रको बस्तीमाथि ठूलो क्षति पुग्नुको साथै खानेपानीको समेत हाहाकार हुने अवस्था छ।




















