.बद्री अर्याल 

इटहरी ,१६माघ। प्रत्येक वर्षहरुमा झै यस वर्ष पनि पूर्वाञ्चल एकेडेमीले विभिन्न कार्यक्रम सम्पन्न गरेको छ । सुन्दरहरैँचा ६ मा अवस्थित पूर्वाञ्जल एकेडेमीले श्रीपञ्चमीको अवसर पारेर विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको हो ।

बिगतमा गरेको कार्यक्रमहरुलाइ निरन्तरता दिदै यस वर्ष पनि साँस्कृतिक कार्यक्रम तथा एसईइ २०७५ उतिर्ण विद्यार्थीहरुलाई विदाई समेत गरेको छ । उत्त विद्यालयबाट गत वर्ष ३२ जना विद्यार्थीहरु एसईइ परिक्षमा सहभागि भएका थिए भने विद्यालयले शत प्रतिशत नतिजा हासिल गरेको थियो । विद्यालयमा आज सो कार्यक्रममा विद्यार्थीहरुले नाटक, गित, नृत्यका साथै कराँतेको काटा प्रर्दशन गरेका थिए ।

आजको सो कार्यक्रममा  विद्यार्थीहरुद्धारा निर्मित हस्तकलाका सामाग्रीहरु तथा विज्ञान प्रदर्शनी समेत गरेका थिए । प्रदर्शनीमा विद्यार्थीहरुले करिव ७० वटा स्टलमा प्रदर्शनी गरेका थिए । कक्षा १० सम्म अध्यापन हुने यो विद्यालय २०६५ सालमा स्थापना भएको थियो । विद्यार्थीहरुलाई व्यवहारीक ज्ञान र सिपमा जोड दिइरहेको  पूर्वाञ्चल एकेडेमीले विभिन्न खेलकुद तथा नृत्य प्रतियोगितामा उत्कृष्ट प्रर्दशनी गर्दै आएको पुर्वाञ्चल एकेडेमीका प्रीन्सिपल दिपेन राइले बताए ।

कार्यक्रममा विद्यालयका अभिभावक ज्ञाननाथ ढकाल, देवराज भट्टराई लगायतको अतिथ्यिता रहेको थियो । कार्यक्रममा अभिभावकहरु विच म्युजिकल चेयर प्रतियोगिता समेत गरिएको थियो भने विद्यालयले मायाको चिनो स्वस्प विद्यार्थीद्धारा निर्मित हस्तकलाको सामाग्री प्रदान गरीएको थियो ।

FB_IMG_1580402154185 FB_IMG_1580402167261 IMG_20200130_222519 IMG_20200130_222503