- बद्री अर्याल 

इटहरी, २४ माघ। मोरङको सुन्दरहरैचा ३ स्थित गछियामा रहेको माउन्ट मकालु अवासिय माबिको रजत जयन्तीको को भोलि उदघाटन कार्यक्रम हुने भएको छ । 

सनिवारदेखी आइतबार सम्म चल्ने रजत जयन्तीको उदघाटन कार्यक्रमको प्रमुख अतिथि  पुर्व प्रधानमन्त्री माधबकुमार नेपालबाट बिहान ९ बजे हुने भएको छ । प्रमुख अतिथि पुर्व प्रधानमन्त्री नेपालकै हातबाट  बिधालयको नव निर्मित प्रेमलाल स्मृति भवनको पनि सिलन्यास हुनेछ ।

सो रजत जयन्ती को पहिलो दिन स्मारक अनावरण ,सम्मान कार्यक्रम ,बिज्ञान तथा शैक्षिक प्रदर्शनी , विविध सास्कृतीक कार्यक्रमका साथै मनोरञ्जनात्मक कार्यक्रमहरु हुने बिधालयका प्रीन्सिपल हेमन्त कार्कीले बताए । आइतबार भने बिज्ञान तथा शैक्षिक प्रदर्शनी कार्यक्रम  प्रमुख आकर्षकको रुपमा रहेको  प्रीन्सिपल कार्कीले बताए ।

२०५० सालमा स्थापना भएको नर्सरी देखि माध्यमिक तह सम्मको पठन पाठन हुने सो बिधालयमा हाल ९ सय ७३ जना बिद्यार्थीहरुले अध्यन गरिरहेका छन ।  

20180824_181104