एकजना महान विद्धानले भन्नु भएको छ कि, ‘माया र युद्धमा सब कुरा जायज हुन्छ ।’ मायाप्रेमको कुनै पनि सिमा हुदैन प्रेम जुन सुकै बेला जो संग पनि हुन् सक्छ ।प्रेमलाई न उमेर ले छेक्छ न जात धर्मले रोक्छ । आज हामीले कुरा गर्न गइरहेको प्रेम सम्बन्ध पनि यस्तै फरक प्रकारको रहेको छ । भारत हरियाणा राज्यको पानीपात जिल्लामा शिक्षिका र विद्यार्थीबीच अबैध सम्बन्ध रहेको जानकारी सार्वजनिक भएको छ ।

जानकारी अनुसार ३० वर्षीया अमिता नामकी शिक्षिकाले आफ्नै १९ वर्षीय अमित नामका विद्यार्थीसँग अबैध सम्बन्ध राख्दै आएको समाचार बाहिरिएको हो ।शिक्षिको आफ्नै विद्यार्थीसँग अबैध सम्बन्ध रहेको श्रीमानले जानकारी पाएका थिए । सोही कारण उनीहरुको दिनदिनै झगडा हुन थाल्यो । अन्तमा ती शिक्षिका आवेशमा आएर आफ्नो प्रेमी किशोर विद्यार्थीसँग मिलेर श्रीमानको हत्या गरिदिइन् ।

प्रहरीले छानविन गर्ने क्रममा श्रीमानको शव घरभित्र फेला पारे । हात र खुट्टा बाँधिएको अवस्थामा थियो, भने टाउकोमा चोट निशाना भेटिएको थियो । उनले केही वर्षअघि मात्रै विहे गरेकी थिइन् । प्रहरीको भनाइ अनुसार अमिताले पिटिआईको पढाई गरिरहेकी थिइन् ।

यसै कारण उनी १० महिनादेखि बराबरमा रहँदै आएका आइटीआईको छात्र अमितलाई ट्युशन पढाउन सुरु गरेकी थिइन् । यसै क्रममा उनीहरुको अबैध सम्बन्ध सुरु भएको थियो । अहिले उनीहरु दुवैलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।