- उपेन्द्र कुमार  यादव

इटहरी, १४फागुन । पुर्वाञ्चल बिश्वबिधालय केन्द्रिय कार्यलय मोरङको सुन्दरहरैचा ७ स्थित गोठगाउमा सार्ने प्रस्ताव प्रतिनिधि सभाले पारित गरेको छ ।

केही दिन अधि रास्ट्रीय सभाले पारीत गरेको बिधेयक आज बसेको प्रतिनिधि सभाले पारीत गरेको हो । प्रतिनिधि सभाको बैठकमा शिक्षा सम्बन्धि नेपाल ऐन संशोधन गर्ने विधेक २०७५ पारीत गरेको थियो ।अब सो विधेक रास्ट्रपति ले प्रमाणीकरण गरेपछि पुर्वाञ्चल बिश्वबिद्धालयको कार्यलय गोठगाउमा रहने बिश्वबिद्धालयका डिन सैलेसमणी पोख्रेलले बताए ।

शिक्षा,बिज्ञान तथा प्रबिधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षा तथा स्वास्थ समितीको प्रतीबेदन सहितको शिक्षा सम्बन्धि केही नेपाल ऐन संशोधन बिधेक २०७५ माथी छलफल गरीयोस भनी प्रस्ताव प्रस्तुत गरेका थिए । सो प्रस्तावलाई प्रतिनिधि सभाले पारीत गरेको थियो भने हाल बिश्वबिद्धालयको केन्द्रिय कार्यलय बिराटनगरमा रहदै आएको छ ।  

यसै बिच पुर्वाञ्चल बिश्वबिद्धालय गोठगाउमा सर्ने भएपछि खुसियालीमा स्थानीय बासिन्दाहरुले आज साझ दिप प्रज्वलन गर्ने स्थानीय बासिन्दा श्रवण घिमिरेले बताए ।