काठमाडौं । अमेरिकाले कामदारका लागि भिसा खुल्ला गरेको छ । एचवान बी भिसा खुल्ला भएपछि अनलाइन दर्ता प्रक्रिया सुरु भएको हो।

आर्थिक बर्ष २०२१ का लागि खुल्ने उक्त भिसाका लागि तोकिएको अवधिभित्र आवेदकले अनलाइन दर्ता गराउनु पर्नेछ ।

अनलाइनमार्फत दर्ता अवधि मार्च १ को दिउँसो १२ बजेबाट सुरु हुनेर २० दिउँसो १२ बजेसम्म दर्ता गर्न सकिने  युएससीआईएसले घोषणा गरेको छ ।

हरेक दर्ताका लागि युएससीआईएसले कन्फर्मेशन नम्बर उपलब्ध गराउनेछ । उक्त नम्बर रजिस्ट्रेशन ट्रयाक गर्ने प्रयोजनका लागि प्रयोग गर्न सकिनेछ । अमेरिकाले कामदारको लागि भिसा खुल्ला गर्यो, मार्च १ बाट अनलाईन फारम खुल्दै