विराटचोक - मोरङको सुन्दरहरैँचा स्थित सुकुना बहुमुखी क्याम्पसमा २ दिने रेडियो उद्घोषण तालिम सम्पन्न भएको छ। क्याम्पसको नेपाली शिक्षण विभागको आयोजना तथा सुन्दरहरैँचा नगरपालिकाको संयोजनमा शुक्रबार तालिम सम्पन्न भएको हो ।
क्याम्पसका विभिन्न कक्षामा अध्ययनरत १ सय २२ जना विद्यार्थीले तालिममा सहभागि रहेका थिए । रेडियोकर्मी,निबन्धकार,कवि तथा पाटन क्याम्पसका प्राध्यापक हेम भण्डारीबाट प्रशिक्षण लिएका थिए।तालिमको उद्घाटन सुन्दरहरैँचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईँले गरेका थिए।
नेपाली शिक्षण विभागका प्रमुख गेहेन्द्र खनालको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा सुकुना बहुमुखी क्याम्पस सञ्चालक समिति अध्यक्ष केशव अधिकारी, क्याम्पस प्रमुख अर्जुनराज अधिकारी, सहायक क्याम्पस प्रमुखद्वय गणेश दाहाल र बलराम पोखरेल, व्यवस्थापन संकायका प्रमुख उमेश उप्रेती, अतिरिक्त क्रियाकलाप संयोजक विदुर सुवेदी, प्रा.डा. दीपक न्यौपाने लगायतको सहभागिता रहेको थियोे। तालिम उद्घाटन कार्यक्रमको स्वागत मन्तव्य रेखा सुवेदीले राखेकी थिइन् ।



















