काठमाडौं, चैत १४
फ्रान्सबाट फर्किएकी १९ वर्षिया युवती कोरोना भाइरसमुक्त भएकी छन् । विहिवार राति गरिएको स्वास्थ्य परिक्षणमा रिपोर्ट नेगेटिभ आएपछि आज विहान डिस्चार्ज गरिएको हो ।
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारार्थ रहेकी उनी पूर्ण रुपमा निको भएर शुक्रबार बिहान ११ बजेर ४२ मिनेटमा डिस्चार्ज भएकी अस्पताल स्रोतले जानकारी दिएको छ ।
उनलाई डिस्चार्ज गरेपनि थप १४ दिन घरमै क्वारेन्टाइनमा राखिने बताइएको छ । गत चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै काठमाडौँ आएकी ती युवती काठमाडौँ महानगरपालिका–४ चुनदेवीस्थित घरमै सेल्फ क्वारेन्टाइनमा बसेकी थिइन् । उनी फ्रान्समा व्यापार ऐन व्यवस्थापन विषयमा अध्ययनरत रहेकी थिइन् ।
पारिवारिक स्रोतका अनुसार उनलाई घरमा अलग्गै सेल्फ क्वारेन्टाइनमा राखिएको छ । ती युवती टपरीमा खाना खान्छिन् ।




















