मुम्बई । भारतमा कोरोनाको महामारी फैलिएको बेला भारतीय सिनेमाका महानायक अमिताभ बच्चन कोरोना भायरस को सिकार भएका छ्न । अमिताभ को साथै उनका छोरा नायक अभिषेक बच्चनलाई पनि कोरोना पोजेटिभ देखिएको छ ।
दुवै जना लाई मुम्बईको नानावटी हस्पिटल भर्ना गरिएको छ ।हस्पिटल द्वारा जानकारी गराए अनुसार दुई जना बाबुछोरा लाई कोरोनाको माइल्ड लक्षण देखिएको थियो र दुवैजनाको अवस्था सामन्य रहेको छ ।
अहिले दुवै जनाको आरटी पिसीआर टेस्ट गरिसकेको छ ,जस्को रिपोर्ट आज आउनेवाला छ । आजै अमिताभको घरमा मुम्बई महानगरपालिकाको कर्मचारीहरु पुगेर सेनिटाइज छर्किने काम गरीरहेका छन ।




















