काठमाडौं । सुर्ती सेवनबाट नेपालमा बर्सेनि २५ हजार मानिसको मृत्यु हुने गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति तथा योजना शाखाका प्रमुख डा. विकास देवकोटाले सुर्ती सेवनको असर डरलाग्दो बनिरहेको बताउनुभयो ।

मन्त्रालयले शुक्रबार राजधानीमा आयोजना गरेको विश्व सुर्तीजन्य पदार्थरहित दिवस एवं स्वास्थ्यमन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार वितरण कार्यक्रममा डा. देवकोटाले यसलाई नियन्त्रण गर्न सबै जिम्मेवार हुनुपर्ने बताउनुभयो ।

डा. देवकोटाले प्रत्येक वर्ष २५ हजार नेपालीले सुर्ती सेवनकै कारण ज्यान गुमाउनुपरेको भनाइ छ । त्यस क्रममा उहाँले सुर्ती सेवनका कारण विश्वमा प्रत्येक पाँच सेकेन्डमा एकजनाको मृत्यु हुने गरेको जानकारी दिनुभयो । सुर्ती सेवनबाट प्रत्येक वर्ष ७० लाख मानिसको मृत्यु हुने गरेको पनि उहाँले बताउनुभयो ।, नयाँ पत्रिका दैनिकले  समाचार छापेकाे छ ।