मुम्बई ,२९ दिन अस्पतालमा बिताए पछि, भारतीय अभिनेता अभिषेक बच्चन घर फर्कन तयारी भएका छ्न । अभिषेक बच्चनलाई कोरोना पोजिटिभ भेटिएपछि जुलाई ११ मा मुम्बईको नानावती अस्पतालमा भर्ना गरिएको थियो। कोरोना परीक्षणमा नेगेटिभ आएपछी उनि घर जान तयार भएको हुन ।
अभिषेक आफैंले यो राम्रो समाचार सोशल मीडियामा साझा गरेका छन्।मेरो लागि प्रार्थनाको लागि सबैलाई धन्यवाद। म घर फर्कदै छु भनेर धेरै खुसी छु। मलाई र मेरो परिवारको राम्रो देखभाल गरेकोमा नानावटी अस्पतालका डाक्टरहरू र नर्सहरूको म हार्दिक आभारी छु।





















