काठमाडौं, साउन २५
अंगरक्षक (पीसएओ) लाई कोरोना संक्रमण पुष्टि भएपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेल आइतबारदेखि आइसोलेसनमा बस्नुभएको छ । यसअघि शुक्रबार पिसिआर परीक्षणको लागि स्वाब संकलन भएको थियो । आज आएको रिपोर्टमा महासचिव पौडेलको पीएसओमा संक्रमण पुष्टि भएको हो ।
शुक्रबारै गरिएको स्वाव परीक्षणको प्राप्त रिपोर्ट अनुसार महासचिव पौडेलसहित अन्य सबैको नेगेटिभ आएको बताइएको छ । पीएसओलाई संक्रमण पुष्टि भएपछि महासचिव पौडेल आइतबारदेखिनै आफ्नै निवासमा आइसोलेसनमा बस्नु भएको छ । पीसओ भने प्रहरी अस्पतालमा भर्ना हुनुभएको छ ।
यद्यपी उहाँलाई कुनै पनि लक्षण नदेखिएको बताइएको छ । महासचिव पौडेलले शनिबारमात्रै नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गर्नुभएको थियो । यता नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सुरक्षाकर्मीमा पनि यसअघि नै कोरोना संक्रमण पुष्टि भएको थियो ।




















