एकदिन एउटा खुशी र सुखी परिवार को घरमा पुगियो।एउटा घरपरिवारमा हुनुपर्ने सवै वस्तुहरु सवै ब्यवस्थित छन।जोइपोइको मेलमिलाप प्रसंसनीय छ।परिवारमा मेलमिलाप छ।खुशी छन सुखी पनि छन् । मैले प्रश्न गरे-"तपाईहरु यति बिघ्न खुशी र सुखी हुनुका कारण हामीलाई पनि बताइ दिनुहोस् न?

पति:नभन हैं यो सरले त फेसबुकमा लेखिदिनु हुन्छ।मैले पुनःप्रश्न गरे-"अरुपनि खुशी र सुखी हुन भन्ने चाहनु हुन्न कि क्या हो?"
पत्नी :त्यसो हैन नानी! उहाको सानो जागिर थियोे ।आमाबाबुले मलाई दिए।सगोलमा बसुन्जेल ठीकै चलेको थियोे ।जब छुट्टीएर अलग बस्न थाल्यौं।तबदेखी मात्न थाल्नुभयो।प्रत्येक दिन मातेर आउने।पैसा पनि सकेर आउने।एकदिन हैन दुइदिन हैन सधैं ।वाक्क दिक्क भएर घरपरिवार गुहारे।वाचाकबोल भयो तर बानी छुटेन।

माइती गुहारे वाचाकबोल भयो तर जस्ताको तस्तै ।समाज गुहारे लेखा पढी नै भयो तर समस्या ज्युकात्यू। अब त गुहार्ने ठाउँ पनि सकियो।के गरौ र कसो गरौ भयो।रोएँ कराएँ छटपटाएँ।छोडेर हिड्ने धम्की पनि दिएँ।समस्या त ज्यूकात्यू।४वर्षकि छोरीलाई ६महिनाका लागि माइत पुर्‍याएँ।अरु कुनै उपाय नदेखेपछि ।मैले पनि मातेर नै संघर्ष गर्ने अठोट गरे।घर मै बोतल गिलास जम्मा गरे।शरीरभरी रक्सी खन्याएँ।कुल्ला गरे।

मातेको नाटक गरेर म पनि सुतेँ।एकले अर्कोलाई बोलाउने अवस्था थिएन ।कैयौं रात भोकभोकै बिते।बिहान म उठिन।भोकै अफिस जानुभयो ।मैले पनि बोतल थप्तैथप्तै गएँ एक हप्ता सम्म यस्तै चल्यो।आठौं दिनका दिन। नमातीकन आउनु भयो।मैले वास्ता गरीन।खाना पकाउनु भयो।खान बोलाउनु भयो मैले वास्ता गरीन।खाइन, लुगा धोइन,घर बढारिन।चिउरा खाएर बाँछे।बिहान उठेर घर बढार्नु भयो।मलाई खान राखिदिएर जानुहुन्थ्यो।एवम् रीतले अर्को हप्ता बित्यो।अबभने सप्रेछन जस्तो लाग्यो।लाज पनि लाग्यो।उठेर नुहाएँ।लुगा धोएँ।घर सफा गरे।खाना पकाएँ।आउना साथ सत्कार पूर्वक खान बोलाएँ।मुसुक्क मुस्कुराएर भने ज्यानलाइ आरामै छ नि?

पति:केको आराम हुनु नि खान नपाएर मर्ने बेलामा।
पत्नी :अब उप्रान्त तपाईं मात्नुभयो भने म पनि मात्छु फरक पर्दैन ।अबभने चटक्कै खान छोड्नु भयो।मपनि सार्‍है होसियारी पूर्वक डराएर कामागर्न थाले।अबभने घरमा पैसा पनि आउन थाले ।खुशी बड्दैगयो।थोरै घरखर्छ गरेर पैसा जोगाउन थाले।धेरै वर्षपछि अलिकति जग्गा किन्यौ।तीन वर्षपछि तीनगुणा बढीमा बेच्यौ। फेरि किन्यौ।छोरो पनि जन्म्यो।छोरीको बिहे पनि भयो।

आज बाबु अवकाश भएका छन।छोरो जागिरे भएको छ।धेरै सम्पत्ति नभए पनि घरमा मेलमिलाप छ।बस्नलाई सानो घर छ।बिगतको दुख सम्झदा अहिले सुख छ।हामी खुशी र सुखी हुनुका कारणहरु यिनै हुन नानी!मुख्य कुरा हामी एक अर्काको खुसीमा सार्‍है सतर्क छौ।सुख गर्ने होइन सुख दिने चाहना बढी छ।

पति:म त पूर्णरूपमा बिग्रेको थिएँ।यो सबै उनकै कारणबाट भएको हो।सार्‍है खुसी छु।मेरी श्रीमतीको जयजयहोस!!!!!
पत्नी :दुख बुझेको मान्छेले मात्र सुख बुझ्न सक्छ जान्दछ पनि।पुरानो दुखले गर्दा नै अहिले सुख भएको हो।दुख बुझेको मान्छेले नै अरुको दुख बुझ्न सक्छ।
माफ गर्नुहोला तपाईहरुको कथा नलेखौ भनेको नलेखी सकिन !!!