कथा उहिलेको हो।कुनै गाउँको कुनै ठाउँमा बाबुछोरा,सासुबुहारींअनी एउटी सानी नातिनी थिए।सासू र बुहारीको बिचमा सधैं झगडा परि रहन्थ्यो।झगडाका कारणहरु सम्पत्ति लेनदेन सम्बन्धि थिएनन् ।सानातिना नै थिए ।सासुको सोच बिहान छिटै उठ्नुपर्छ।जतन गरेर अन्न पैसा चलाउनु पर्छ।खेर फाल्नु हुँदैन ।पाहुना आउँदा उठ्नुपर्छ।

हात जोड्नु पर्छ।पानी दिनुपर्छ।आदि इत्यादि यस्तैयस्तै विषयहरु थिए ।सासू आफ्ना पतिलाई कुरा लगाउँथिइन।बुहारी पनि आफ्ना पतिलाई कुरा लगाउँ थिइन।सासू र बुहारीका बिचमा मात्र झगडा सिमित थियोे अबभने बाबुछोरामा पनि झगडा हुन थाल्यो ।दिनप्रतिदिन झगडाले उघ्र रुप लिदै गयो।सधैंको रुवावासी,सधैंको रडाको।गाउँ घरका छिमेकीहरु पनि वाक्कदिक्क भएँ।गरीबी बढ्दै गयो।एकदिन छोराबुहारी छोरी च्यापेर घरबाट निस्के ।अलिपर गएर डेरामा बसे।घरमा बाबुआमा एक्लै बस्न थाले ।समयको गति न हो वितिरह्यो।


अबभने बुहारी एक्लै भइन।छिटै उठेर खाना पकाउनु,छोरीलाई स्कुलमा पठाउनु।समयमा काममा पुग्नु।ढिलो भए साहुले काम दिदैन।जोइपोइ दुवैलाई कामको धमाधम ।दिउँसो छोरीलाई खाजा दिने समय हुँदैन थियो।छोरी स्कुलबाट फर्कदा ढोका बन्द हुन्थ्यो काम नगरी हातमुख जोड्ने अरु उपाय पनि थिएन ।दाल,चामल,लुगाफाटो डेराभाडा,इत्यादि ।

अबभने सासुले भनेका कुरामा विश्वास लाग्न थाल्यो। आफ्नै घरमा बसेको भए छोरीले बेलामा खान पाउँथी।बेला सम्म काम गर्न पाइन्थ्यो ।गलेर घरमा पुग्दा सासुले खाजा दिन्थिन।एउटा गाई पाल्न सकिन्थ्यो ।मलाई पति मन पर्‍यो ठिकै छन् ।मैले पतिका आमाबाबु मन नपराएर हुन्छ र?मेरो पनि त पालो आउँछ ।अर्को बच्चा ढिलो हुन आंँट्यो।संगै भएकोभए कति सजिलो हुन्थ्यो।झगडाका विषयहरु पनि खासै थिएनन् ।जित्ने र तह लगाउने होडमा विना सुजबुझ घर छोडेर हिडियो।दुख पाइयो। घरमै जाउँ भनौ भनेपनि मान्छन कि मान्दैनन् ।यस्तैयस्तै विचारले दिन बित्तै थिए ।आ!जेसुकै होस उनलाई कुरै गर्दिन।एक्लै छोरी च्यापेर जान्छु।अबभने मेरा नजिकका बाबुआमा तिनै हुन।शरणमा पर्छु।


यता सासू पनि पछुताइ रहेकी थिइन।केटाकेटी नै थिइ।मैले अलिकति सहन सकेको भए घर छोडेर जाने थिएनन् ।उ त केटाकेटी नै थिइ।मैले कुरा बुझ्नुपर्थ्यो।यसमा सबैभन्दा ठूलो दोष मेरो हो।आज मलाई जुन बुद्धि आएको छ।बेलैमा आएको भए।यो परिवारको यस्तो बिल्लीबाठ हुने थिएन ।त्यो नातिनी कति विस्यार भइ।अर्को पनि बच्चा चाहिन्छ होला।ढिलो पो हुन आँट्यो।आ! आफ्नै छोराबुहारी हुन।आज शुक्रबार भोलि शनिबार आइतबार बिहान बुढालाइ कुरै नगरी लिन जान्छु।लिएर आउँछु।मानेनन् भने माफी माग्छु।शरणमा पर्छु।आमा पो हुँ त कसरी नमान्लान्त?लेनदेनको विषय थिएन।एउटी महिलाले अर्कि महिलाको कुरा नबुझे कै कारणले त झगडा भएको त हो नि?मेरा कारणले परिवार सबैलाई दुखभयो।

गरिबी बढ्यो।त्यो अबोध नातिनीले दुख पाई। हुन त यो संसारमा के छ र ?जन्मेदेखी बाचुन्जेल सम्मको समयमा आफू हाँसेर अरुलाइ पनि हँसाएर बाच्नु भन्दा ठूलो कुरा के छ र?बिहान यस्तैयस्तै कुरा खेलाएर बसी रहेकी थिइन।छोरी बोकेर बुहारी आउँदै गरेको देखिन ।आइतबार लिनजाने साइत जुराएकी थिइन।शुक्रबार बिहानै बुहारी आइपुगिन।आसुले आँखा भरिए।


बुहारी आइपुगिन।बुहारीले सासुको अनुहार हेर्न सकिन।निहुँरेर ढोगिन ।आजा सासुले बुहारी नदेखेर आफ्नै छोरी देखिन।बुहारीले पनि आमा देखिन।अँगालो हालेर दुवै क्वाँक्वां धेरै बेरसम्म रोएँ।दुवैलाई पछुतो भइरहेको थियोे ।केही समयको सान्नाटा पछि ।बुहारी : आमा म त उहाँ लाई कुरै नगरी आएकी हँ।म पनि त उहाँलाइ नसोधी आइतबार तिमीहरुलाइ लिन जाने साइत जुराएकी थिएँ।तिमी त आजै आयौं।हाम्रो मिलन बिन्दुको उद्देश्य एउटै रहेछ।

बुहारी : आमा!आज अहिले तपाई र म रुदै छौ।खुशी भएर रुदै छौ।आत्मसात गरेर रुदैछौ तर आज म यही रुपमा माइत गएकी भए भाउजु बुहारीले आँखा तर्थे।दाजुभाइ रिसाउँथे।म रुन्थे आमा रुन्थिन।तपाई र मेरो जस्तो नभएर ।अर्कै प्रकारको पिडादायी माहोल सीर्जना खडा हुन्थ्यो ।सम्बन्धको पनि आ आफ्नो स्थान हुँदोरहेछ ।आज मेरै जसरी यदि दिदी आउनुभएको भए तपाई यसरी खुशी हुन सक्नु हुन्थ्यो र ?आमा! माइती त छोरी खुशी सुखी भएर आएको हेर्न चाहन्छन।त्यसमा मात्र खुशी हुन्छन् ।

दुखी भएर गएको राम्रो मान्दैनन् ।तपाई र म आज कति खुशी छौ।आमा!पुरुषहरु त घरका छाना रहेछन् ओत उनीहरुको नाम छ।
घरभित्रको चुलोचौको,सरसफाइ ,केटाकेटी,पाहुनापाछा,छिमेकी ,इष्टमित्र,गोठाला,खेताला,जतन जगेडा यी सवै त महिलाका(सासुबुहारी) रहेछन् ।केही छैन भन्छौ?हाम्रो पनि त ठूलो जिम्मेवारी रहेछ। छानो नभए पनि घर भित्र को। महिलाको शत्रु महिला नै भएर पो बढी दुख पाएका रहेछौ त आमा!।हामी दुइ सासुबुहारी मिलेपछि बाबुछोराले झगडाको विषय पाउँछन् र आमा!।अब विचार गरौ त?
सासू: दुलही तिमीले धेरै बुझी छौ।मैले थोरै बुझेको भए तिमीले घर छोड्नुपर्ने थिएनl
बुहारी :होइन आमा!त्यो डेरामा दुई वर्ष नबितएको भए ममा यो ज्ञान पलाउने थिएन ।जे भयो राम्रै भयो।अब झन्झन राम्रो हुँदै जान्छ।

आ आफ्नो गलती स्वतस्फूर्त स्विकार गर्नु नै सबैभन्दा ठूलो मिलनको बिन्दु रहेछ।माइत जाँदा पनि आमाबाबु दाजुभाइ भन्दा भाउजू बुहारी अँगालो हाल्न आएभने त्यो खुशी कति अपारको हुन्छ नि आमा!।सुरु त आफैले गर्नुपर्‍यो नि आमा!। जसरी घरमा कसिङ्गर ल्याएर हाल्नु पर्दैन आफै कतकताबाट आउँछ तर सफा नगरी जाँदैन ।झन्झन् बढेर पो जान्छ ।घरभित्रको झगडा पनि ठ्याक्कै त्यस्तै रहेछ।आमा अब म खाना पकाउछु।तपाईका कुरा भरे सुनौला ।
सासू: तिम्रा जसरी म भन्न जान्दिन।मेरो त अहिले "तन पनि हरि भो मन पनि हरि भो
मिलिजुली गाउँ आरति हरिको।"


खोलामा पानी पनि धेरै बग्यो।अब भने त्यो परिवार त्यो घर त्यो ठाउँको त्यो गाउँको नमूना उदाहरणीय घर भयो।त्यो फलानोको पो घर।हिजो गाउँ भरिको गरीब घर थियो ।आज सबभन्दा धनी घर भएकोछ।सासुबुहारी आमा छोरी जस्तै मिलेका छन।सम्पत्ति पनि टन्नै कमाए।गाउँघरलाइ सहयोग गरेका छन।भेटघाट हुँदा आदर पुर्वक बोल्छ्न।घरमा लक्ष्मीले बास
बसेपछि सबैथोक प्राप्त हुँदोरहेछ ।सबैले प्रसंशा गर्नथाले।

निष्कर्ष
आफै हो आफनु शत्रु आफै हो मित्र आफनु आफैले आफैलाइ नगाडनु।
अस्ति समस्याको गाठो पढी दिएर गुन लगाउनुभएको छ।आज अर्को प्रेसित गरेको छु।
टिप्पणीको मुरीमुरी आशा गरेको छु।जयजयहोस!सबैको जयजय होस!नमस्कार !