यो कथा एउटा आधुनिक परिवारको हो।एउटा परिवारमा दुई बुढाबुढी थिए।उनीहरू निरक्षर बराबर नै थिए।दुखले मेहनत गरेर सम्पत्ति भने टन्नै कमाएका थिए।एकदुई वटा घर जग्गा जमिन प्रसस्त कमाएका थिए ।उनीहरूको एउटा मात्र छोरो थियोे ।
नमूना परिवार थियो।सुखी र खुशी थियो।छोराले राजनीति शास्त्रमा विद्यावारिधि गरेको थियो ।कुनै कलेजमा अध्यापन गर्थ्यो।विवाहको कुरा चल्यो।नेपाली विषयमा स्नातकोत्तर गरेकी कन्या फेला परिन।उनी धार्मिक स्वभावकि थिइन।
चुरोट,खैनी र मदिराको अति नै बिरोधि थिइन् आफू मासु पनि खाँदैन थिइन् ।उनले प्रष्टसंग आफ्नो बानीव्यहोराका बारेमा बताइन् ।म यो पालना गर्ने केटासँग मात्र विवाह गर्छु।नभए एकल नै बस्छु।एक हप्ता सोचेर मात्र जवाफ दिनुहोस् ।केटाका आमाबाबुभने केटीले सोचे जस्तै थिए।
केटामा संका थियोे ।एकहप्ता पछि केटाले केटीको कुरामा हुबहुं वाचाकवोल र प्रतिज्ञा गर्यो ।विवाहको टुंगो भयो।धुमधाम संग विवाह भयो।छमहिना सम्बन्ध राम्रो रह्यो ।छ महिनादेखि भुसको आगो जस्तै सम्बन्धमा बिस्तारैबिस्तारै पहिरो जान थाल्यो।बोलचाल बन्द भयो।
अलग अलग कोठामा सुत्न थाले।गोप्य रूपमा बाहिर प्रकट गरेनन।यो कुरा आमाले थाहा पाइन।जवान छोराबुहारी त्यस माथी एउटामात्र छोरो।आमाबाबुका लागि यहाँ भन्दा पीर पर्ने ठाउँ हुन्छ र??उनले एक कुरा बोले छोराबुहारी सए कुरा बोल्छन् ।
सम्झाउन सकिनन।
आमाबाबु भित्रभित्रै रोए।कसैलाई प्रकट गरेनन् ।बुहारी पनि एउटा कलेजमा पढाउन थालिन् ।एकदिन आमाले
एउटा जुक्ति फुराइन।बुढालाई तालिम दिइन गोप्यमा। बुढा अब तिमीले र मैले पनि झगडा गर्नुपर्छ।अबभने बुढाबुढीका बिचमा झगडा हुन थाल्यो ।एकदिन त बुढाले बुढीलाइ हातपात नै गरे।बुढीले अबभने सबै काम गर्न छोडिनल।
अब भने छोराबुहारीलाइ आपत पर्यो त्यसमाथि बुहारीलाई ।बुढी बोल्न पनि छोडिन।बुढा भएका बाबुले बुढी आमालाई कुटे।गाउँलेले थाहा पाउँछन् कि भनेर सार्है डर भयो छोराबुहारी लाई।छोराबुहारीमा पनि बोलचाल छैन।आमाबाबुको पनि छैन ।एकजना केटी सहयोगी थिइ। त्यसले पनि छोडेर हिडी।घरको धन्दा सबै सासुले गर्थिन।बुहारीलाई कलेज जान सजिलो थियोे ।अबभने छोराबुहारीलाइ आपत पर्यो ।घर फोहोरले भरियो।
बुहारीले एउटा जुक्ति फुराइन।एकजना मनोपरामर्श दाता साथीलाई एकमहिना सम्मपाहुनाका रूपमा बसेर सासुससुराको झगडा मिलाइ दिन अनुरोध गरिन।मनो परामर्श दाताले मन्जुर गरे।अब त मनो परामर्श दाता पनि विशेष बुहारीका पाहुना भए।फुर्ती भएर काम गर्न थालिन।शिक्षित भएकै कारणले होला। बोलचाल नभए पनि आफूले गर्ने काम आफैले देखेर गर्थें ।छोराबुहारी आ आफ्ना कलेज गए।
मनो परामर्श दाता बुढाबुढीलाइ सम्झाउन थाले । बुढीले सबैकुरा रुदै बताइन।मनो परामर्शदाता छक्क परे।ती निरक्षर आमाको बुध्दी देखेर अवाक भए।आफू भन्दा धेरै बुध्दिमान देखे।मनैमन नमन गरे। बेलुका छोराबुहारी आए।मनो परामर्श दाताले भने बुबाआमालाइ एक्लै सम्झाउन गार्हो भयो।बेलुका सुत्ने समय घटएर बिहान उठ्ने समय बढाएर बेलुका तीन घंटा बिहान दुई घंटा समय तपाईहरुले दिनुपर्यो ।छोराबुहारीले मन्जुर गरे।मनो परामर्शदातालाई एउटा खुला विश्वविद्यालय मिल्यो।अधिकतम बुद्धि प्रयोग गर्ने प्रतिज्ञा गरे।
चारै जनालाई अगाडि राखेर मनो परामर्शदाता भूमिका बाँधेर सन्दर्भ मिलाएर तपाईहरुको मात्र होइन बुबाआमा पढेलेखेका विद्वानहरु पनि आफूले गरेका वाचाकवोल र प्रतिज्ञा बिर्सन्छन।आफूलाई मात्र ठूलो ठान्छन् ।आफूभन्दा कम पढेलेखेकालाई मान्छे नै गन्दैनन।आफू भन्दा अरुपनि जान्ने हुन्छन् भन्ने ठान्दैनन।जिद्दी हुन्छन् ।घमण्डी हुन्छन् ।हार्न मान्दैनन् ।म जे भन्छु त्यै गर्नुपर्छ भन्छन् ।
अरुलाइ उपदेश गर्न सिपालु हुन्छन तर आफूमा लागू गर्दैनन् ।अरुको झगडा मिलाउन सिपालु हुन्छन् ।आफूआफू मिल्न सक्तैनन् ।आफूतिर फर्केर आफूलाई हेर्न सक्तैनन् भन्नू कि हेर्दैनन भन्नु कि खै के भन्नुभन्नु ? तपाइहरुको मात्र होइन आमा विद्वान श्रीमान र श्रीमतीको पनि भुसको आगो जस्तै झगडा हुन्छ।
पंडितको घरभित्र पनि तमासा झगडा हुन्छ तर कति मजाले राम्रो उपदेश गर्छन् ।विद्वानले साँचो नबोले पछि,विद्वान पैसामा बिकेपछी।न्याय बेच्ने विद्वान भएपछि ।समग्रमा विद्वानले आफ्नो कर्तव्य पालना नगरेपछि घर मात्र होइन आमा देश नै बर्बाद हुन्छ।घरभित्र घरबाहिर जताततै झगडा मात्र हुन्छ आमा!!
आमाबुबा मैले विद्वानहरुको मान मर्दन गरेको होइन।केही त्यस्ता प्रवृत्तिको मात्र कुरा गरेको हुँ। अन्यथा भए यहीँबाट माफ माग्छु। छोराबुहारी हेर्छन् आमाबाबुको मिल्ने छाँटकाँट नै देखिदैन ।एवम् प्रकारले एकह्प्ता बित्यो।मनो परामर्शदाता को भनाइले छोराबुहारीलाइ पो च्वास्स च्वास्स घोच्न थाल्यो ।छोराले कागजमा यस्तो लेख्यो---
"हे!भगवान !तपाइलाइ साक्षी राखेर यो प्रतिज्ञा गर्दछु। आजका मिति देखि विवाह पूर्व मैले मेरी श्रीमतीसंग गरेका वाचाकवोल र प्रतिज्ञा अक्षरस पालना गर्नेछु।फरक पर्दैन ।तीन पटक सही गर्यो र श्रीमतीले भेट्ने ठाउँमा राख्यो।श्रीमती बढारदै थिइन।कागज देखिन ।खोलेर हेरिन।
थामिन सकिनन भावुक बनिन।धन्यधन्य भगवान भनेर रुन थालिन।खुशीको सीमा रहेन।नाचौनाचौ लाग्यो। उनले पनि यस्तो लेखिन --"हे भगवान !हे सरस्वती माता मयो प्रतिज्ञा गर्दछु।आजका मिति देखि मेरो जिद्दी गर्ने र जित्ने बानी आजबाट सदाका लागि त्याग गर्दछु।सल्लाह र छ्लफलबाट निष्कर्ष निकालेर काम गर्छु। तीन पटक सही गरिन।पतिले भेट्ने ठाउँम राखिदिइन।
अबभने छोराबुहारीको बोलचाल खुल्यो।केही दिनपछि त कोठा पनि एउटै भयो।धन्यधन्य भगवान!आमाबाबुको खुशीको सिमा रहेन तर बाहिर देखाउनु भएको छैन।थाहा नपाए जस्तो गरे।मनो परामर्शदाता पनि आफू सफल भएकोमा धन्यधन्य भए।सम्झे मैले त गोरखा दक्षिण बाहु नै पाउनुपर्ने हो तर गोप्य अनुसन्धान मा परियो।जयहोस एक जोडीको मिलन गराइयो ।अबभने एक महिना बित्यो ।मनो परामर्शदाता पनि विदाभए। अबभने आमाबाबुले पो झगडा गर्छन् कि भन्ने डर छोराबुहारीलाइ भयो।मनो परामर्शदाताको भनाइले खासै प्रभाव पारेको देखेनन।
निष्कर्ष
विद्वानले घमण्ड गर्नुहुदैन।
ती निरक्षर आमाले पनि विद्वान छोराबुहारीको झगडा जुक्ति बुद्धिले मिलाइन।




















