अनलाइन सगरमाथा

नेकपामा विधि र पद्दतिको पक्ष विपक्षमा वहस भैरहँदा अझै भनौ भने कोहि कसैको वा केहिको हुकुम प्रमांगीको आधारमा चल्ने कि लोकतान्त्रिक परिपाटी अनुसार हुने पार्टीगत निर्णयको आधारमा चल्ने भन्ने विषयमा वहस हुँदै गर्दा विधि पद्दतिको पक्षको नेतृत्वकर्ता नेकपाका वरिष्ठ नेता एवं पुर्व प्रधानमन्त्री माधव कुमार नेपाललाइ लक्षित गर्दै वहाँको कुरा त ठिकै हो तर विषयको आधारमा बनेको समुह तर्फ इंगित गर्दै त्यता किन ?

यो संग किन नमिलेको अनि ऊ संग किन मिलेको ? भन्ने आसयका भनाइहरु सार्वजनिक केहि निश्चित तरिकाका मानीसहरु बाट भैरह्यो । अक्सर माधव नेपालको विरोध गर्नुलाइ नै वहादुरी ठान्ने केहिले सदाझैं विधि र पद्दति प्रतिको वहाँको निरन्तरको आशक्तिलाइ पद प्राप्तिको लडाईको रुपमा चित्रित गर्ने निरर्थक कोशिस गरिनै रहे ।यद्धपि अनेकन आरोप र अफवाहको वावजुद नेपालको कम्युनिष्ट पार्टीको इतिहास बुझेका, माधव नेपालले आफ्नो नेतृत्वकालमा हरेक महत्वपूर्ण निर्णय पार्टी वैठक मार्फत गर्ने गरेको देखेका नेकपाका निष्ठावान कार्यकर्ताहरुले माधव नेपालको लडाई पद प्राप्तिको चाहना बाट निर्देशित नभई विधि र पद्दतिको खातिर हो भन्ने बुझेकै थिए ।

नेकपाको पच्छिल्लो विकासक्रमले त माधव नेपालको आशक्ति कुनै कथित समुह , वा गठबन्धनको पक्षमा थिएन , वहाँको अडान कोहि कसैको विरुद्ध वा कोहि कसैको पक्षमा पनि थिएन अनि झन कुनै पदको लागि त थिँदै थिएन भन्ने प्रष्ट भएको छ । समयले प्रमाणित गरेको छ की माधव नेपालको चासो र चिन्ता भनेको वहुदलीय व्यवस्था सहितको लोकतान्त्रिक गणतन्त्र नेपालमा सत्ता संचालन देखि अन्तर पार्टीका महत्वपूर्ण कामहरु गर्दा पार्टीको वैठकहरुमा हुने छलफल र त्यसको आधारमा लोकतान्त्रिक विधिबाट हुने निर्णयनै मात्रै निर्णायक हुनुपर्छ भन्ने मात्र हो ।

समग्रता भन्दा माधव नेपालको सहकार्य र संघर्ष जोसुकै संग हुनसक्छ भन्ने प्रष्ट भयो , विधि पद्दति प्रति सम्मान र त्यसको अनुशरण भयो भने माधव नेपालसंग सहकार्य भयो अनि विधि पद्दति मिच्न खोज्यो भने त्यससंग संघर्ष हुने भयो । त्यस सिद्धान्तको आधारमा नै माधव नेपालसंगका वहाँका सहकर्मीहरुको सहकार्य र संघर्ष हुँदै आएको छ ।

त्यसो गर्दै गर्दा भए रहेका सहकर्मीहरुका तत्कालका प्राथमिकता अनुसार वहाँहरुले व्यक्त गर्ने विचार र लिने नीतिको आधारमा सम्वन्ध र सहकार्य तय हुने हुनाले कहिले अल्पमत त कहिले वहुमत होला , अनि कहिले वाहिवाही त कहिले विरोध होला । तर नेकपाका अत्याधिक कार्यकर्ता जो सिद्धान्त अनुसारको व्यवहार चाहन्छन , जो विधि र पद्दति अनुसारको पार्टी चाहन्छन र जो आफ्नो नेतामा सामान्ती सोच र शैली नभएर सरलता , स्वच्छता अनि इमान्दारिता चाहन्छन उनीहरु माधव नेपालको सदैव पक्षमा छन ।

यो हाललाइ केवल दावी लाग्ला तर जुन दिन पार्टी कार्यकर्ताको सहि अभिमत व्यक्त हुन्छ , त्यसबेला कार्यकर्ताको लोकप्रिय मत माधव नेपाल र वहाँले बोकेको विधि पद्दतिमा पार्टी चल्नु पर्छ भन्ने विचारको पक्षमा देखिने छ । अहिलेलाइ अंग्रेजीमा अक्सर भनिने Just Wait and Watch को नेपाली उल्था गरेर “ केवल पर्खने र हेर्ने” काम गर्दा हुन्छ ।