काठमाडौं, ८ भदौं । नेपाली कांग्रेसमा नेता तथा सांसद गगन थापाले काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई भेटेर कोरोना नियन्त्रणका लागि विभिन्न ६ सुझाव दिएका छन् ।
कोरोना महामारी रोकथाम र नियन्त्रणमा स्थानीय सरकारको महत्वपूर्ण भूमिका र जिम्मेवारी रहेको भन्दै काठमाडौंमा बढ्दो संक्रमणलाई रोक्न महानगरसंग मिलेर केही गर्न सकिन्छ कि भनेर महानगरले तत्काल गर्नैपर्ने विभिन्न कुरामा ध्यानाकर्षण गराएको थापाले जानकारी दिए ।
महानगरले अग्रसरता लिएर कन्ट्रयाक ट्रेसिङ, परीक्षण र आइसोलेसनलगायत प्रभावकारी व्यवस्थापन गर्नसके कोरोना फैलने गतीलाई न्यून गर्न सकिने उनले बताएका छन् ।
थापाले मेयर शाक्यलाई काठमाडौंबाट प्रतिनिधित्व गर्ने सांसदहरुसँग समन्वय गरेर आवश्यक सहयोग लिन आग्रह गरेका छन् । उनले भनेका छन्, ‘तपाई सफल हुनु भनेको हामीले प्रतिनिधित्व गर्ने नागरिक सुरक्षित हुनु हो ।’
हेर्नुस् गगन थापाले दिएका ६ सुझाव




















