बिराटनगर,१३ भाद्र । बिराटनगर माहानगरको नेकपा विराटनगर ८ ले आज तेस्रो चरणको अभियान अन्तरगत घर र्निमलीकरण गरेको छ ।
कोरोना संक्रमण भएर होम आईसोलेसनमा रहेकाहरुलाई र आईसोलेसन मा रहि कन्ट्रायक ट्रेसिङमा रहनु भएका घरपरिवार जन भेटी स्वास्थ्य लाभको कामना सहित १६ घर निर्मलीकरण सम्पन्न गरिएको हो ।
सक्रमितहरुका छिमेकीको घरका साथै राधे चोक, बलुवाही बिस्वकर्मा चोक, जिम्दार टोल, राजबंसी टोलका घरहरु समेत गरेर २०० घर निर्मलीकरण लिकरण गरेको छ । परिवारजन लाई र आईसोलेसनमा रहेका संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको घरपरिवारबाट जानकारी भएको छ ।
नेकपा बडा कमिटी सह ईन्चार्ज सर्स्वती ओझा ,वाडा कमिटी सचिब ज्ञानबहादुर कार्की , वाड कमिटी सदस्यहरु भुवन राजवंशी, सिताराम राजवंशी , असोक राजवंशी, राकेश राजवंशी,सन्तोषराजवंशी लगायतको उपस्थितिमा कार्य सम्मपन्न गरिएको थियो ।
सहयोग गर्नुहुने समपपुण नेकपा परिवारप्रती आभार नेकपा कमिटी को सक्रियता मा सक्रमितहरुलाई आईसोलेसन मा पठाउने र कन्ट्राकट्रेसिङ मा परेकाको स्वाब लिन सहयोग समेत गर्दै आएको नेकपा वाड कमिटी अध्यक्ष राम पोखरेलले बताए।




















