मिलन घिमिरे

मोरङ,२२ भाद्र। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) सम्बद्ध मार्क्सवाद अध्ययनमा रुचि राख्ने विद्यार्थीहरुले नेता सुमन दाहालको अध्यक्षतामा ३९ सदस्यीय सुनसरी जिल्ला कमिटी गठन गरेका छन् । ईन्स्टिच्युट अफ क्रीटिकल डाइलग (आइसिडी) को नाममा सुनसरी जिल्ला कमिटी गठन गरिएको हो। सो कमिटीको उपाध्यक्ष,सचिब,सह-सचिब,कोषाध्यक्षमा क्रमस प्रतिक खतिवडा ,आशिष प्रधान,इन्द्रमणि गुरुङ,मन्दिरा पराजुली रहेका छन् ।

त्यसैगरी सदस्यहरुमा साइमन दाहाल,सरोज गुरागाई,पेशल राज कार्की,अरुण कटुवाल,सुनिल सुब्बा,आदित्य खड्का, निशान बस्नेत,सागर न्यौपाने,प्रिन्सला गौतम,आशिष बोहोरा,पर्जिन आचार्य,चिरन्जिबी खतिवडा,सुनिल राई,सुष्मिता योञ्जन,केशव नेपाल,यशोदा पाण्डे,बिनोद खत्री,आवरण आचार्य ,सागर निरौला,सुमन ज्याखो, सावित्रा राई ,कृतिका खत्री ,आनन्द ढकाल,महेन्द्र अधिकारी,संजय बस्नेत,प्रनिश सुबेदी,रोशन नेपाल,अलंकार पराजुली,दिनेश रेग्मी,सुबिन बिक्रम ढकाल,निस्चल काफ्ले,अनिल गुरागाई,विकल लामिछाने,सुरोज अधिकारी लगायत रहेका छन् ।

पालिका स्तरमा समेत सो कमिटीहरुचाडै निर्माण गरिने र अनेरास्ववियूका नेताहरु सुमन कार्की ,मणि चाम्लिङ्ग राइ ,मोनालिसा श्रेष्ठ कमिटी निर्माणमा सहजीकरण गरेको अध्यक्ष सुमन दाहालले जानकारी दिए ।कमिटीले महेश अधिकारी,सौरभ संजेल,मधुसुदन नेपाल,किरण बिस्ट,सुजन खत्री ,सुरेश निरौला ६ सदस्यीय सल्लाहकारहरु चयन गरेको छ ।

मार्क्सवादको अध्ययन र प्रयोग बाट मात्रै समाजवाद प्राप्त गर्नसकिने र यो अभियानबाट १ नम्बर प्रसदेश भरीका जिल्लाहरुमा असोजको पहिलो हप्ताभित्र कमिटीहरु निर्माण गरिने र यो अभियानमा बिधार्थिहरु स्वत स्फुर्त सक्रिय रुपमा देखिन थालेको अनेरास्ववियु,पुर्व केन्द्रिय नेता बद्री अर्यालले बताए ।

खासगरी २५ बर्ष उमेरसम्म र उनीहरुको दौतरी समुहका नया पिढिका बिधार्थीहरु जो उच्च माध्यामिक ,स्नातक ,स्नातकोत्तरमा सम्म अध्यन गरीरहेका अनेरास्ववियुमा आस्था राख्ने बिद्यार्थी कमरेडहरुलाई बैचारिक रुपमा नेतृत्वहरु उत्पादन गर्ने उदेश्यले समेत कमिटी निर्माण गरिएको र अनेरास्ववियुका पुर्व नेताहरुबाट आधुनिक प्रबिधिबाट अहिलेको अवस्थामा पनि बेलाबेलामा प्रक्षिण लिइने अध्यक्ष दाहालले बताए । भाद्र २१ गते निर्माण भएको सुनसरी जिल्ला कमिटी भर्च्युअल बैठकको माध्यमबाट भएको थियो ।