निस अनुहारको स्याहार त खुबै गर्छन् तर गोडालाई खासै वास्ता गर्दैनन्। दिनभरी हामी जसको सहारामा उभिन्छौँ, ती गोडाहरूलाई हामीले हेरचाह गर्नु जरूरी छ ।

हाम्रा पाइतालामा शरीरका धेरै भागहरूसम्म पुग्ने विन्दुहरू छन्। यी विन्दुमा राति मालिस गर्दा शरीरलाई धेरै स्वास्थ्य लाभ हुन्छ । यहाँ हामी राति मालिस गर्दा के के फाइदा हुन्छन् भनी बताउँछौं ।

मेटाबोलिजम:सुत्नुअघि पाइतालामा मज्जाले १५ मिनेट मालिश गर्नुभएमा शरीरको मेटाबोलिजम ठीक रहन्छ ।

तौल घटाउन: आजकल तौल बढेर धेरै मानिसहरू समस्यामा पर्ने गरेका छन् । राति पाइताला मसाज गर्दा तौल घट्छ अनि बोसो पनि कम हुन्छ ।

तनाव घटाउन: दिनभरी कामको बोझले थकान र तनाव आउन सक्छ । यसबाट बच्नका लागि पाइतालाको मालिस गर्नुस् । शरीरले आराम अनुभव गर्छ र राम्रो निद्रा लाग्छ ।

रक्तचाप नियन्त्रण:उच्च रक्तचापको समस्या भएकाहरूका लागि मालिस वरदान नै हो । राति सुत्नुअघि नरिवल वा बदामको तेलले पाइतालाको मालिस गर्नुस् ।

सम्भोगमा सहयोगी: पाइताला मालिस गर्दा तपाईंको सेक्स लाइफ पनि गजबको हुन्छ। -एजेन्सी