मोरङ,१ असोज। प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे कोरोना संक्रमणमुक्त भएका छन् ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरले उनको रिपोर्ट विहीबार विहान नेगेटिभ आएको जनाएको छ । कोरोना संक्रमण पुष्टि भएको १९ दिनपछि उनी संक्रमणमुक्त भएका हुन् ।

मन्त्री घिमिरेलाई गत भदौ १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । भदौ १३ गतेदेखि कोरोनाको लक्षण देखिएपछि उनी होमआईसोलेसनमा बसेका थिए ।

यसअघि भदौ २६ गते गरिएको परीक्षणमा उनको रिपोर्ट पुनः पोजेटिभ आएको थियो । मन्त्री घिमिरेलाई सामान्य रुघाखोकी बाहेक स्वास्थ्य अवस्था सामान्य रहेको उनको सचिवालयले जनाएको छ ।