खाद्य पदार्थमा चिनीको मात्रा बढी हुनु स्वास्थ्य समस्याको प्रमुख कारण रहेको पाइएको छ।यद्यपी कति चिनी खानु स्वास्थ्यका लागि उपयोगी हो भन्ने हालसम्म प्रमाणित भइसकेको छैन।
तर, अमेरिकी हार्ट एसोसियनका अनुसार पुरुषले एक दिनमा ३७ दशमलव ५ गम अर्थात् एक सय ५० क्यालोरीबराबर चिनी खानु उपयुक्त हुन्छ।
यस्तै महिलाको हकमा एक दिनमा २५ ग्राम अर्थात एकसय क्यालोरीबराबर उपयुक्त हुन्छ। यो जानकारी आजको नयाँ पत्रिका दैनिकले छापेको छ। तर, एक व्यक्तिले ७६ दशमलव ७ ग्राम चिनी खाने गरेको पाइएको छ।
चिनी वढी खाँदा मुटुरोग, मोटोपना, क्यान्सर, डिप्रेसन, मधुमयेह, छाला सुख्खा हुने, शरीर सुन्निने, हाड खिइने, टाउको दुख्ने, माइग्रेन र मिर्गौलामा समेत असर पुग्छ।




















