एजेन्सी । अत्याधुनिक प्रविधिले दिन प्रतिदिन फड्को मारिरहेको छ । यसले केही नकरात्मक असरसंगै मानव जीवनलाई सहज पनि बनाउँदै आएको छ । त्यस्तै एक रोबोटले १४ जना डाक्टरहरुको टिमसंग मिलेर क्यान्सर पीडित विरामीको शल्यक्रिया गरेको छ ।
क्यान्सर पीडित विरामीको रोबोटद्वारा शल्यक्रिया गरिएको यो विश्वकै पहिलो घटना हो । समाचार अनुसार यो नौलो प्रयोगका कारण विरामी निको हुनका लागि अस्पताल बस्नुपर्ने समय पनि छोटिएको छ ।
ब्रिटेनको राष्ट्रिय स्वास्थ्य सेवा मातहतको नोरफोक एण्ड नर्विच युनिभर्सिटी अस्पतालमा यस्तो शल्यक्रिया गरिएको हो । डाक्टरहरुले क्यान्सर पीडित विरामीको तीन चरणमा गर्नुपर्ने शल्यक्रिया एकै पटकमा गर्ने निर्णय गरे अनुसार रोबोटको प्रयोग गरिएको हो ।
‘एडभान्स रेक्टल क्यान्सर’ भन्ने समस्याबाट पीडित ५३ बर्षीय पुरुषको शल्यक्रिया गरिएको हो । यसअघि यस्तो अवस्थाका विरामीको विभिन्न तीन चरणमा शल्यक्रिया गर्नु पथ्र्यो ।
शल्यक्रियाका क्रममा डाक्टरहरुको एक टिमले काम सकेपछि अर्को टिम काममा जोडिन्थ्यो । त्यो टिमपछि पुनः अर्को टिमले काम गर्थे । यस्तो प्रकृया अपनाउँदा १२ घण्टा सम्मको समय लाग्थ्यो ।
तर यो शल्यक्रिया रोबोटको प्रयोगका कारण १० घण्टाभन्दा कम समयमा सम्पन्न भएको छ । परम्परागत तरिकाले शल्यक्रिया गर्दा विरामीलाई निको बनाउन २१ दिनसम्म अस्पतालमा राख्नु पथ्र्यो ।
तर रोबोटको प्रयोगबाट शल्यक्रि गरेपछि विरामीलाई ७ दिन मात्रै अस्पताल राखेपछि निको भएका छन । यो शल्यक्रियामा संलग्न रोबोटको नाम म्ब ख्ष्लअष् क्ष् हो ।
रोबोटका चारैवटा हातमा सर्जिकल औजारहरु दिइएको थियो । यो रोबोटलाई डाक्टरहरुले जोएस्टिक र थ्री डी स्क्रिनद्वारा सञ्चालन गरेको डेलिमेलले जनाएको छ ।




















